arrow

‘पुरानो बुलेट’ सँग पुराना यादहरु

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
purano-bullet.jpg

काठमाडौं । एल्वममा थन्किएका तस्विर हेर्दा होस् वा बेला बेला पहिल्यै नै फेसबुकमा पोष्ट भएका तस्विर फेसबुकले देखाइदिंदा होस् उक्त तस्विर हेर्दा जो कसैलाई रमाइलो हुन्छ नै । अनायासै त्यो पल ताजा भइदिन्छ । रोमान्ञ्चित बनाइदिन्छ । पुरानो यादहरु वास्तवमै जो कसैलाई मिठो लाग्दछ । त्यही यादहरुलाई रमाईलो बनाउन हामीले यो प्रतियोगिता गरेका हौं । जहाँ तस्विरमा कैद भएका पुरानो पल र वर्तमान पलहरुलाई कैद गरेको दुई तस्विरलाई तुलनात्मकसँगै राख्दा झनै रमाईलो हुने नै भयो । यही पललाई चलचित्र ‘पुरानो बुलेट’ले तंपाईहरुसँग बाँड्न चाहन्छ ।

क्रेजी इन्टरटेनमेन्ट प्रालिले चलचित्र ‘पुरानो बुलेट’को प्रबद्र्धन गर्न ‘पुरानो बुलेट’ संग पुरानो फोटो’ पोष्ट कन्टेष्ट प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले शनिवार नगर पुरस्कार सहितको फोटो कन्टेष्ट प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । सहभागी मध्येका १० जनालाई जनही सान्तवना स्वरुप नगद ३ हजार रुपैयाँ पनि प्रदान गरिनेछ । ‘पुरानो बुलेटसंग पुरानो फोटो प्रतियोगिता’लाई फेसबुकको लाइक र दुई तस्विरको तुलनात्मक विम्वको आधारमा छनौट गरिनेछ । यसमा विवाद भएमा त्यसको अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीले भाग लिन पाउनेछन् । यसमा सबै क्षेत्र, वर्ग, जात, उमेर, लैङ्गिक, धर्म, भाषा र समुदायका ब्यक्तिले सहभागिता जनाउन सक्नेछन् । आगामी फागुनको चौथो हप्ताको अन्त्य सम्ममा क्रेजी इन्टरटेनमेन्टको आधिकारिक पेजबाट पोष्ट भएका तस्विरलाई मात्र मान्यता दिइनेछ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको पुरानो बुलेट आगामी चैत्र १ गते रिलिज हुंदैछ ।

सन्तोष राई-भीषण राईको कथा पटकथा रहेको उक्त चलचित्रमा हरि घले लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्ममा अशोक कुमार साम्पाङ, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बु निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा सन्तोष राई रहेका छन् । फिल्ममा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले लगायतले अभिनय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ