arrow

सभापतिकालागि दोस्रो चरणको निर्वाचनको मतगणना शुरु

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Counting_hamrakura-5.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना शुरु भएको छ। करिब ३ घण्टामा मतगणना सकिने केन्द्रिय निर्वाचन समितीले जानकारी दिएको छ।
 
मतपेटिकामा नमुना मतपत्र र निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रसँगै कागजका डल्लाहरु  भेटिएपछि अन्यौल सृजना भएको थियो। त्यस्ता मतपत्रहरु मानविय त्रुटीका कारणले हुन सक्ने हुनाले हस्ताक्षर नभएका मतपत्रहरुलाई बदर घोषित गर्ने निर्णयसँगै अन्तिम पटक मतपत्र रुजु हुने कार्य भैरहेको केन्द्रिय निर्वाचन समितीले बताएको छ। खसेको भन्दा १५ मत बढि पाईएकोले पुन: रुजु हुने कार्य भएको थियो। 
 
 साँझ ७ बजे सकिएको मतदानको गणना ८ बजे भनिएकामा रोकिएको थियो ।
 
 पहिलो मत पेटिका खोल्दा मतपत्रसंगै नमुना मतपत्र र अन्य कागजात भेटिएपछि अन्य मत पेटिकामा पनि त्यसै भेटिए के गर्ने भन्ने अन्योल भएपनि मत गणना आरम्भ हुन नसकेको बुझिएको थियो । राष्ट्रिय सभा गृहमा मत खन्याउने र मिलाउने काम आरम्भ भइसकेको थियो । 
 
दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । पहिलो चरणमा ३१ सय ४८ मत खसेकामा दोस्रो चरणमा पहिलो भन्दा ४८ मत कम ३१ सय २० मत खसेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ