arrow

गगन थापा भेट्दा देवी सार्की मख्ख

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
DEVI_SARKI1.jpg

पर्वत । आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा देवी सार्की मख्ख परेकी छन ।   मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका वेला गगन थापालाइ भेटेपछि देवी मख्ख भएकी हुन । उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन ।

पर्वतको कुश्मा नगरपालिका -३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले स्पोन्सर गर्दै आएका छन् । कक्षा एकमा भर्ना भएको वर्ष देखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आएको छोरी पढाउ अभियानका अभियान्त प्रेम विकले बताए । विहान र बेलुकोको खानामात्र बाबुआमाले खुवाउछन्  बाँकी सवै खर्च थापाले गर्दै आएको जानकारी विकले दिए ।

स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग गर्दै थापाले गर्नुहुन्छ । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाई ठूलो सहयोग पुगेको विकको भनाइ रहेको छ ।

देवी सार्कीलाई थापाले १० प्लस २ सम्म नै पढाउन स्पोन्सर गर्ने बताएका छन् । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ