arrow

म सहिद 

logo
टेकराज अवस्थी,
प्रकाशित २०७५ माघ १६ बुधबार
tekraj-awasthi.jpg.jpeg

म सहिद क बहादुर 
ब्यबस्था परिबर्तन सङ्गै सिद्धान्त पनि परिबर्तन गरे 
सिद्धान्त सङ्गै पेसा पनि 
पहिले स सानाबाट सानै उठाए
पछि ठूलाहरुबाट प्रतिशतकै आधारमा लिए 
दिन सधै एउटै कहाँ हुदा रहेछ र 
अलि बलियोको आक्रमणमा परेर देह त्याग गरे तर 
मैले जुन जोड उहाँलाई चुनाब जिताउन गरेको थिए त्यो भन्दा बढि जोडले उहाँले संसदमा बोल्नु भो
ठप्पै पारी दिनु भो संसद 
सरकारले  बाध्य भएर सहिद घोषणा गर्‍यो 
अनि तपाईं को 
म धर्मभक्त माथेमा 
अ मैले सात कक्षाको सामाजिक शिक्षामा 
तपाइको नाम देखेको थिए 
एउटै घरमा रहेछौ भेटौला नि 

म सहिद ख राज  
उन्मुक्त जवानी  थियो  
त्यो दिन अलि अलि सोमरस पनि लिएकै हो
आँखा अघाडि एउटा युवती परे पछि 
बेहोसिमै जाइलागे उनी माथि
आफ्नो अस्मिता बचाउन युवतीले 
एक थान ढुङ्गा मेरो टाउकोमा बजारिन 
र सोहि ठाउमै देह त्याग गरे 
तर कमजोर थिएन पार्टीमा म 
र कमि गरेको थिएन दामको पनि 
तेहि गुन सम्झियर पार्टीले 
सरकारलाई आग्रह गर्‍यो सहिद घोषणा गरिदियो 
अनि तपाईं 
म गंगालाल श्रेष्ठ 
कता सुने जस्तै लाग्छ तपाईंको नाम 
एउटै घरमा रहेछौ भेटौला नि 

म सहिद ग नाथ 
पार्टी सरकारबाट भर्खर बाहिरिएको थियो 
बल्ल बल्ल पाएको सरकार गुमाउनुको पीडा नहुने 
कुरै भएन 
उर्दि जारी भयो केन्द्रबाट
सहरमा जति सक्यो मान्छे उतार्ने र कब्जा गर्ने सहर 
मलै पनि आज्ञा पानल गरे एक बस खचाखच 
मान्छे भरेर लागे सहरतिर 
अफसोच सहर पुग्नै पाएन बस 
अत्याधिक भारका कारण दुर्घटना भयो 
म लगायत केहि साथिहरुले देह त्याग गर्‍यौ 
पार्टीले उच्च मुल्यांकन गर्‍यो हाम्रो 
सरकारमा गए पछि पहिलो बैठकबाटै सहिद घोषणा गरिदियो  
अनि तपाईं 
म दसरथ चन्द 
ए ए १६ माघ मा बिदा हुने सायद तपाईंकै नाममा हो 
एउटै घरमा रहेछौ भेट्दै गरौला नि 

म सहिद घ लाल 
मजदुर संघठन को नेता थिए 
पार्टीलाई आन्दोलन गर्दा आमसभा गर्दा 
सारा मजदुर उतार्ने काम मेरै हुन्थ्यो 
एक दिन कारखाना भित्रै 
बिपाक्षी संगठनसङ्ग झगडा हुँदा 
धारिलो हतियार प्रयोग भइ देह त्याग गरे 
देशभरिका मजदुर साथीहरूले आन्दोलन गरे 
ठप्प पारिदिए देश 
तेसबेला पार्टी सरकारमै थियो 
मन्त्रीपरिषदको आकस्मिक बैठक बस्यो 
सहिद घोषणा गरिदियो मलाई 
अनि तपाई 
म शुक्रराज सास्त्री 
ए भद्रकाली मन्दिर अगाडी धुलो जमेको 
पाँच सालिक मध्य एउटा तपाइको पनि हो सायद 
एउटै घरमा रहेछौ भेट्दै गरौला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ