arrow

शहीदहरु हो यसकारण तपाईंहरुको सम्झनामा सार्वजनिक बिदा गरेनौं !

logo
जानुका गुरागाई
प्रकाशित २०७५ माघ १६ बुधबार
januka-guragai.jpg

हो, तपाईहरूले तय गर्नुभएको
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको बाटो हिँड्दै
आज समृद्धिको बाटोमा आइपुगेका छौं । 
तपाईहरुको सम्झना सदा झैं 
छुट्टी मान्दै घरमा बसेर
 वा फरक खालको रमाइलोमा भुलेर गर्न छोडेका छौं 
किनकि आज हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’ को महान सपना बोकेर हिंडिरहेका छौं । 
त्यसैले, त्यसैले त हामीले आज 
तपाईंहरुको सम्झनामा सार्वजनिक बिदा गरेनौं 
किनकि समृद्धिको यात्रा पूरा गर्न 
कार्य घण्टा बढाउनु छ ।
तपाईहरुले अन्यथा त लिनु हुने छैन नि ?
हो, तपाईहरुका सपना पूरा भइसकेका छन् 
त्यसैले त हामीले नयाँ सपना बनायौं
समृद्धिको सपना, विकास र निकासको सपना
संघीय गणतन्त्र कार्यान्वयनको सपना ! 
तर, ऊ बेलाको जस्तो सहज छैन अहिले 
विविधतामा एकता खोज्दै अघि बढ्नु छ,
पुराना थिति, विधि कतै टेकेर
कतै थिचेर, कतै मिचेर त कतै रचेर
अघि बढ्नु छ ।
त्यही ठाउँमा नयाँ बनाउन 
पुरानोलाई भत्काउनै पर्ने रहेछ,
त्यसैले हामीलाई गाली होइन 
ताली चाहिएको छ 
शहीदको आँसु होइन 
आशीर्वाद चाहिएको छ ।
भक्ति होइन शक्ति चाहिएको छ ।
यथास्थितिवादी होइन 
सिर्जनशील साथ चाहिएको छ ।
(कवियित्री अर्जुनधारा नगरपालिकाकी शाखा अधिकृत हुन् ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ