arrow

यस्तो छ खान सकिने कपडा

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
kim4.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोन उनले आफ्नो फेसन उत्पादन सार्वजनिक गरेका छन् । लामो समयदेखि गरिबी र भोकमरीको चपेटामा रहेको आफ्नो मुलुकमा तैराकी, हाइकिङ र साहसी खेलका लागि प्रयोग हुने पहिरन सार्वजनिक गरेका छन् । यी कपडाको विशेषता यसलाई आवश्यकता परेको समयमा खान पनि सकिन्छ ।

किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडा फ्लेनलेट फाब्रिक्सबाट बनाइएको हो । यो फाब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, आइरन र क्याल्सियमबाट बनाइएको छ ।

किमले अहिले सार्वजनिक गरेका कपडाहरु अमेरिकी ब्राण्डको नक्कली रहेको बताइएको छ । अहिले सार्वजनिक गरिएका कपडामा पुरुषका लागि ज्याकेट र महिलाको लागि अमेरिकी कम्पनी शनेलका डिजाइनर वार्डरोबको नक्कली उत्पादन सार्वजनिक गरिएको हो । त्यसका साथै ह्याण्डब्याग पनि गुची कम्पनीको नक्कली हो ।

कपडाको क्याटलग पनि निकै आकर्षक ढङ्गमा डिजाइन गरिएको छ । यसबाट मानिसहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्नुका साथै भोकमरी लागेको अवस्थामा यसलाई खाएर पनि ज्यान बचाउन सकिने बताइएको छ ।  

उत्तर कोरियामा पर्यटन कम्पनी चलाउने तोंगिल टुर्सले अंग्रेजी न्यूज वेबसाइटका अनुसार अहिले सार्वजनिक गरिएको यो ब्याट पुरुषको बीचमा निकै लोकप्रिय छ । महिलाको लागि सार्वजनिक गरिएका कपडाहरु परम्परागत किसिमका छन् । चिनियाँ मानिसहरु यसलाई १९९० को समयको फेसन बताउँछन् । उत्तर कोरियाका मानिसलाई भने यो आधुनिक फेसन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ