- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वमा केही स्थानहरु तातो र केही स्थानहरु चिसो छन् । धेरै स्थानमा मौसमअनुसार कहिले तातो र कहिले चिसो हुने गर्छ । विश्वमा यस्तो पनि मुलुक छ, जहाँ कुनै सडक छैन । विश्वको सबैभन्दा चिसो सहरका रुपमा परिचित यो शहरको नाम हो– नारिल्स्क ।
यो शहरमा वर्षको ३ सय ६५ दिनमा २ सय ७० दिन हिँउ जम्ने गर्छ । रुसको राजधानी सहर मस्कोबाट यो शहर करिब २ हजार ९ सय किलोमिटरको दूरीमा छ ।
यो शहरमा केवल विमान वा नौकाको प्रयोग गरेर जान सकिन्छ । यो शहरको तापमान माइनस अधिकतम माइनस १० देखि न्यूनतम माइनस ६१ डिग्री रहने गरेको छ । यो सहरको आवादी भने १ लाख ७५ हजार मानिसको छ । यहाँ डिसेम्बरदेखि जनवरीसम्म सूर्योदय नै हुँदैन ।
यो शहर निकै चिसो हुँदाहुँदै पनि प्रदूषणमुक्त भने छैन । माइनिङ रिफाइनिङको कारण यो शहर प्रदूषित बन्न पुगेको छ । वातावरणमा फैलिएको सल्फर डाइअक्सइडको कारण करिब ३० किलोमिटर वरपरका सबै रुख विरुवाहरु लोप भएका छन् ।
एक प्रतिवेदनअनुसार नारिल्स्कमा विश्वको सबैभन्दा ठूलो निकेल, प्लाटिनम र प्लेडियमको भण्डार छ । २८ ग्राम प्लेडियमको मूल्य करिब एक हजार डलर रहेको छ ।