arrow

ला लिगा : इस्पानियोल विजयी, भायकानोको हार

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
espanyol.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा इस्पानियोल विजयी भएको छ । घरेलु मैदानमा इस्पानियोलले रायो भायकानोलाई २–१ गोल अन्तरले हराएको हो । इस्पानियोललाई विजयी गराउन अब्राहम गोन्जालेज र हेर्नान पेरेजले एक–एक गोल गरे । भायकानोका बेबेले सान्त्वना गोल फर्काए । जितसंगै इस्पानियोलको ३१ अंक भएको छ । भायकानो रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि छ । शीर्ष स्थानको बार्सिलोनाले उत्कृष्ठ लय जारी राख्दै उपाधि दाबेदारी फराकिलो पारेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४अंक हुँदा उपाधि होडबाहिर रहेको रियाल मड्रिडको ६० अंक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ