arrow

मोबाइलको लक नदिएपछि श्रीमतीले पेट्रोल छर्किएर जलाइन् श्रीमान

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
smartphone.jpg

काठमाडौं । प्रविधिको विकाससँगै मानिसहरु स्मार्टफोन र समाजिक सञ्जालमा झुण्डिने क्रम बढ्दो क्रममा छ । यस किसिमको प्रभाव कहिलेकाँही पारिवारिक सम्बन्धमा पनि आउने गरेको छ ।

डेली मेलमा छापिएको समाचारअनुसार इन्डोनेसियामा एक महिलाले मोबाइलको पासवर्ड नदिएको निहुँमा श्रीमानलाई जिउँदै जलाएकी छिन् । अस्पतालमा उपचारको क्रममा उनले ज्यान गएको छ । प्रहरीले यस विषयमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ ।

इन्डोनेसियाको वेस्ट नुसा तेंगरा प्रान्तको लोम्बाक क्षेत्रमा यस्तो घटना घटेको हो । २५ वर्षीया इल्हाम चहयानी नामकी महिलाले २६ वर्षीय पति डेडी पूरनामालाई जिउँदै आगो लगाइदिएकी हुन् । उनीहरुको बीचमा कुनै एक विषयमा बहस शुरु भएको थियो र त्यसपछि महिलाले श्रीमानको मोबाइलको पासवर्ड मागेकी थिइन् । पतिले आफ्नो मोबाइलको पासवर्ड दिन अस्वीकार गरेका थिए । त्यसबाट रिसाएकी पत्नीले उनीमाथि पेट्रोल छर्किएर आगो लगाएकी थिइन् ।

घरमा आगो लागेको देखेपछि छिमेकीहरुले उनलाई बचाउने प्रयास गरेका थिए तर निकै जलेको कारण अस्पतालमा उनको ज्यान गएको थियो । प्रहरीले महिलालाई हिरासतमा लिएको छ ।

अनुसन्धानको क्रममा प्रहरी अधिकारीले शुरुवातमा पति–पत्नी समान्य कुरा गरिरहेको र पछि कुरा बढ्दै गएपछि पतिले रिसको झोंकमा आफ्नी पत्नीलाई पिटेका थिए । त्यसपछि उनीहरुबीच पासवर्डको विषयमा झगडा भएको थियो । त्यसपछि महिलाले पेट्रोल छर्किएर पतिलाई आगो लगाइदिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ