arrow

यस्तो छ पहाडमा अड्किएको विश्वको सबैभन्दा खतरानक होटल

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १६ बुधबार
hotel-dengour.jpg

काठमाडौं । विश्वका विभिन्न किसिमका होटलहरु छन् । धेरै होटलको बारेमा विभिन्न किसिमका समाचारहरु पनि आउने गरेको छ । यद्यपि विश्वको सबैभन्दा फरक किसिमको होटल छ जहाँ पुग्नु सबैभन्दा रोमाञ्चक हुन्छ नै तर निकै खतरानक पनि छ ।

पेरुको सैक्रेड भ्यालीमा ४ सय फिट उचाइमा पहाडमा बनेको स्काइलज होटल विश्वको सबैभन्दा खतरानक होटलमध्येको एक हो । नटुरा वाइव कम्पनीले तीन किसिमको पारदर्शी पोड बनाएको छ । जसमा ८ जना मानिसहरु सुत्न सक्छन् ।

पहाडसँग जोडेर बनाइएको यो होटलमा पुग्नका लागि जिपलाइनको सहयोग लिनुपर्ने हुन्छ । यहाँबाट सैक्रेड भ्यालीको मनोरम दृश्य पनि देख्न पाइन्छ । विशेषगरी सूर्योदय र सूर्यास्तको समयमा विशेष किसिमको दृश्य देख्न पाइन्छ ।

अलमुनियमबाट बनेको पोड्समा चार खाट, एक बाथरुम र डाइनिङ्ग रुम रहेको छ । यसमा ६ ओटा झ्याल पनि छ । यो होटलमा सुरक्षाको पनि विशेष व्यवस्था गरिने गरिएको छ । 

यहाँ एक रात बसेको भाडा करिब २ सय पाउण्ड लाग्छ । विश्वका धेरै मुलुकहरुबाट यो क्षेत्र घुम्न मानिसहरु आउने गरेकाछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ