arrow

दक्षिण बागलुङका ४५ विद्यार्थीलाई छात्रबृत्ति वितरण

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
baglung-scholarship.jpg

बागलुङ । शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशिल रहने उद्देश्यले स्थापना भएको बागलुङ नगरपालिका १३ पैयुँपाटामा रहेको समुन्नत युवा क्लबले गरिब जहेन्दार, दलित, अल्पसंख्यक सिमान्तकृत विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ ।
 
आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरमा जिल्लाको जैमिनी नगरपालिकाको कुश्मिसेरामा बुधबार क्लबले छात्रबृति वितरण तथा शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रम मार्फत जिल्लाको दक्षिण क्षेत्रका २२ माध्यामिक विद्यालय र १ संस्कृत पाठशाला गरी २३ विद्यालयका ४५ जना विद्यार्थीलाई छात्रबृति वितरण गरेको हो ।

हेल्प नेपालको सहकार्य तथा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीको समन्वय नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाको स्थानीय संयोजनमा जनही ३ हजार रुपैयाँका दरले छात्रबृति प्रदान वितरण गरेको हो । छात्रबृति वितरण कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले विज्ञान र प्रविधिको विकाससंगै शैक्षिक प्रणालीलाई पनि सुधार गर्दै लैजानुपर्ने बताए ।

उनले नेपालका कतिपय समुदायहरु अझैपनि शिक्षाको पहुँचबाट टाढा रहेको धारणा राखेका थिए ।  शिक्षाको पहुँचबाट टाढा रहेका क्षेत्र र समुदायलाई पहुँचमा ल्याउन सरकार, सामुदायिक विद्यालय र अभिभावकहरुको भुमिका महत्वपुर्ण रहने उनले बताए । सुवेदीले युग सुहाउँदो शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै अबको शिक्षा सिपमुलक साथै नैतिक, चरित्रवान र सक्षम नागरिक उत्पादन गर्ने शैक्षिक प्रणालीको हुन आवश्यकता रहेको बताए ।

तपाई पढदा पढदै विदेश जाने बित्तिकै पैसा कमाई हुन्छ भन्ने धारणा त्याग्नु होस सहभागी विद्यार्थीलाई लक्षित गर्दै सुवेदीले भने, ‘मज्जाले पढ्नुस् पढाइ सकेपछि भविष्य एकदम उज्वल हुन्छ । पढी सक्नु भएपछि नेपालमा नै  केही गर्ने लक्ष्य लिनुहोस । यहाँ पनि ठुला ठुला सम्भावना छन ।' विद्यार्थीहरु भविश्यक कर्णधार भएका हुनाले उनको शैक्षिक उन्नतीको लागि शिक्षक र अभिभावक दुवैले ध्यान दिन जरुर रहेको सवेदीले बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका शिक्षा शाखा संयोजक रमेशराज पौडेल, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमकान्त पौडेल, नेपाल शिक्षक युनियनका पुर्व अध्यक्ष एवं विद्यामन्दिर माविका प्रअ जगन्नाथ आचार्य, नेपाली काँग्रेसका जिल्ला सदस्य सिताराम रसाईली, काँग्रेस महासमिति सदस्य कल्पना हमाल पाठक, शान्तीमाविका श्रोत व्यक्ति विष्णु प्रसाद सापकोटा, जैमिनी नगरपालिका –८ छिस्तीका वडा अध्यक्ष विजय अधिकारी, नेपाली काँग्रेसका क्षेत्रीय सचिव विष्णु आचार्य, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेपाल तरुणदलका अध्यक्ष उमकान्त शर्मा बाबु, काँग्रेस जैमिनी नगरपालिकाका नगर संयोजक काशिराम आचार्य, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष नरेन्द्र कंडेल, शिक्षक महासंघका बागलुङका सहअध्यक्ष एवं सतिढुंगा माविका प्रअ हरि प्रसाद पौडेल अखिल नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाका उपाध्यक्ष नारायण आचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।

 कार्यक्रमको बारेमा क्लबका सदस्य एवं छात्रबृति वितरण कार्यक्रमका संयोजक बालकृष्ण शर्माले जानकारी गराएका थिए । समुन्नत युव क्लब पैयुँपाटाका अध्यष ऋषिराम रिजालको अध्यक्षता, नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाका संयोजक टेकनारायण आचार्यको स्वागत र क्लबका सचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । विगत २ वर्ष देखी सामाजिक क्षेत्रमा क्रियाशिल यस क्लबले समय समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ