arrow

संसदमा काँग्रेसको बिहीबार पनि अवरोध

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
congress_parliament2.JPG

काठमाडौं । सरकारले आफ्ना दुई पूर्व सभापतिको नाममा रहेको शिक्षण संस्थालाई नामेट गर्ने प्रयास गरिएको भन्दै विरोधमा रहेको नेपाली काँग्रेसले बिहीबारको संसदमा पनि काँग्रेसले विरोध गरेका छन् । गत माघ ११ गते जवर्जस्ती संसद सञ्चालन गरेर चिकित्सा शिक्षा विधेयक पारित गरेपछि झनै आक्रामक बनेको काँग्रेसले बिहीबारको संसदमा पनि काँग्रेसका सांसदहरु उभिएर विरोध गरेको हो । 

जवर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको संसदमा पनि रोष्ट्र घेराउ गरेको थियो । तर विरोधका बाबजुत अघिल्लो शुक्रबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेपछि काँग्रेसले रोष्ट्रम घेरेको थियो । बिहीबारको संसद बैठक अवरुद्ध गरेपछि बोल्दै काँग्रेस नेता मिनेन्द्र रिजालले संसदले गलत रुपमा विधेयक पारित गरेको भन्दै यसको विरोध गरे । 

शुक्रबार संसद बैठक बस्नु अघि सत्ता पक्ष र प्रतिपक्षबीच संसद भवन नयाँ वानेश्वरमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बसेको संसद बैठकमा काँग्रेसले शुक्रबार पनि विरोध गरेको थियो र त्यसपछि पनि सडक तथा सदनमा समेत आन्दोलन गर्दै आएको छ । काँग्रेसले आफ्ना पूर्व सभापतिहरुको नाममा खुलेका अस्पतालहरु खारेज गराउन लागेको, अनसनरत डा। गोविन्द केसीसँग सरकारले गरेको सहमती पूरा नगरेको लगायतका आरोप सहित संसद अवरुद्ध गराउँदै आएको छ ।

आफ्ना मागहरु पूरा नभए संसदमा विरोध जारी राख्ने निर्णय गरेपछि सत्तापक्ष पनि गतिरोध अन्त्यको लागि प्रतिपक्षसँग वार्तामा बस्न तयार भएको थियो। तर, सहमति हुन नसकेपछि काँग्रेसको संसदमा विरोध पनि जारी रहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ