प्रचण्डको विज्ञप्तीप्रति संसदमा काँग्रेसको विरोध, ‘यसरी परराष्ट्र नीति चल्छ ?’
प्रकाशित २०७५ माघ १७ बिहिबार
790
Shares
काठमाडौं । भेनेजुयलाको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तीको काँग्रेसले संसदमा विरोध जनाएको छ । बिहीबार बसेको संसद बैठकमा विरोध जनाएको काँग्रेसले भेनेजुयलाको विषयमा नेकपा अध्यक्षको विज्ञप्तीले असंलग्न परराष्ट्र नीतिको खिल्ली उडाएको भन्दै यसप्रति आपत्ति जनाएका हुन् ।
संसद अवरोध पछि काँग्रेस नेता मिनेन्द्र रिजालले संसदमा बोल्दै परराष्ट्र नीतिमा हाम्रा धेरै सीमाहरु हुने भन्दै एउटा इगोको भरमा विज्ञप्ती निकालिएकोप्रति आफूहरुको गम्भीर ध्यान आकर्षण भएको उनको बुझाई छ । उनले पुँजीवादी धारको नेतृत्व गरिरहेको अमेरिकासँग निहुँ खोजेर नेपालले के समाजवादी धाराको नेतृत्व गर्न लागेको हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले नेपालमा शाीन्तप्रक्रियालाई टुंगोमा पु¥याउनको लागि महत्वपूर्ण भूमिका खेलेका अमेरिका, युरोपियन युनियन जस्ता मुलुकहरुको विरोध गरेर शान्ति प्रक्रियामा समस्या सिर्जना हुनसक्ने तर्फ चिन्ता व्यक्त गरेका छन् । नेता रिजालले नेपाल र अमेरिकाबीचको टसलमा मेनेजुयलाको विवाद आएको जस्तो कडा विज्ञप्ती आएको भन्दै यो नेपालको परराष्ट्र नीति भन्दा बाहिर रहेको र यसले नेपालको कूटनीतिक क्षेत्रलाई समेत असर पर्ने चेतावनी समेत दिएका छन् ।
गत माघ ११ गते भेनेजुयलामा गहिरिएको राजनीतिक संकटको विषयमा अध्यक्ष दाहालले कडा विज्ञप्ती निकालेका थिए। सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहालले भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिकाले साम्राज्यवादी नीति लिएको भन्दै त्यसको निन्दा गरेका हुन् । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी अमेरिकाले साम्राज्यवादी नीति लिएको आरोप उनको छ ।
कहिले युद्धको कारण त कहिले आर्थिक संकटको कारण मुलुकको अस्तित्व संकटमा पर्छ भन्ने कुरा २१ औं शताब्दीमा भेनेजुयलाले सिकाएको छ । ल्याटिन अमेरिकाको एक देश जसमा तेलको एकदमै ठूलो खानीका कारण सम्पन्नताको सम्भावना देखिएपनि अहिले त्यहाँका जनताहरु भोकै मर्न बाध्य छन् ।
वेनेजुएलाको संकट यस कारण अधिक तरंगित बनेको छ कि त्यहाँ राजनीतिक खिचातानी अर्थव्यवस्था तथा सेना समेत एक र अर्को गुटमा विभाजित भएका छन् । यस्तो संकट जब मात्रै पूरा हुन्छ कि जब कुनैपनि विश्वमा वर्चश्व राख्न खोज्ने देशहरु कुनैदेशलाई आफ्नो अखडा बनाउन चाहन्छन् । त्यतिबेला देशमा अनेकानेक संकटहरु उत्पन्न हुन थाल्छ।
जुवान गुआइडोले आफैंलाई राष्ट्रपति घोषणा गर्नु र त्यसको अमेरिका लगायतका राष्ट्रले तत्कालै समर्थन गर्नुले प्रजातान्त्रिक ढंगले निर्वाचित भेनेजुएलाका राष्ट्रपति र जनता विरुद्ध त्यहाँ ग्रान्ड डिजाइन प्रष्ट भएको प्रचण्डले आरोप लगाएका छन् । उनले वक्तव्यमा यो साम्राज्यवादी कु र आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य भएको जनाउँदै उनले वक्तव्यमा अमेरिकाले भेनेजुएलामा अमानवीय आर्थिक नाकाबन्दी गरेर शुन्यता र हिसांको अवस्था ल्याई सैनिक हस्तक्षेप गर्ने प्रयास एक दशक अघि देखि नै गरेको आरोप समेत लगाएका छन् ।