arrow

महामन्त्री र कोषाध्यक्षको आजै, केन्द्रीय सदस्यको मत गणना भोली मात्रै

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
Counting_hamrakura-5.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षको मत गणना आजै हुने भएपनि केन्द्रीय सदस्यको मत गणना भोली मात्रै हुने भएको छ । महामन्त्री र कोषाध्यक्षको मतगणना दिउँसो १ बजेपछी पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । जसको लागि महामन्त्री र कोषाध्यक्षका उम्मेद्वारसंग निर्वाचन समितिले आचारसंहिताबारे छलफल गरिरहेको छ । यस्तै, दिउँसो १ बजे केन्द्रीय सदस्यका उम्मेद्वारलाई आचारसंहिताका लागि बोलाइएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यको मत गणना भोलीबाट हुने भएपनि समय यकिन नभएको निर्वाचन समिति सदस्य खम्ब खातीले जानकारी दिए । 
 
मतगणनालाई लम्बिन नदिन थप गणना समूह थप्ने तयारी भएको खातीले बताएका छन् । गत आइतबार भएको निर्वाचनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाको समूहबीच प्रतिस्पर्धा भएको थियो । सभापतिमा भने दोस्रो चरणमा भएको निर्वाचनबाट शेरबहादुर देउवा पार्टी सभापति निर्वाचित भइसकेका छन् । महामन्त्रीमा तीन, कोषाध्यक्षमा चार जनाबीत निर्वाचन भएको छ । यस्तै, ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ