arrow

आइसीसी विश्वकप ट्वेन्टी–२० क्रिकेट सुरु हुँदै

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
ICC-World-Twenty20-2016.jpg.jpeg
काठमाडौं । आइसीसी विश्वकप ट्वेन्टी–२० क्रिकेट मंगलबार (आज)बाट भारतमा सुरु हुँदैछ । पहिलो चरणमा ८ टिम दुई समूहमा विभाजन भई खेल्ने छन् । समूह ‘ए’मा बंगलादेश, नेदरल्यान्ड्स, आयरल्यान्ड र ओमान रहेका छन् भने समूह ‘बी’मा हङकङ, जिम्बाबे, अफगानिस्तान र स्कटल्यान्ड छन् । 
 
पहिलो दिनको खेलमा नागपुरमा हङकङ र जिम्बाबे तथा अफगानिस्तान र स्कटल्यान्ड भिड्दै छन् । प्रतियोगितका खेल भारतका विभिन्न ८ शहरमा हुनेछन् । यसअघिको विश्वकपमा सहभागी नेपाल योपटक छनोट हुन सकेन । दुबै समूहका शीर्ष टिम ‘सुपर टेन’मा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेल आउँदो चैत दुई गतेदेखि सुरु हुनेछ । प्रतियोगिता चैत २१ गते सकिने छ । 
 
विश्व वरीयताका शीर्ष आठ राष्ट्र भारत, पाकिस्तान, साविक विजेता श्रीलंका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, वेस्ट इन्डिज र इंग्ल्यान्ड प्रतियोगितामा छन् । छैटौँ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितमा आइसीसीका १० सदस्य राष्ट्र तथा गएको वर्ष भएको छनोट प्रतियोगिताबाट छानिएका ६ राष्ट्र गरी १६ टिमको सहभागिता छ । 
 
यस्तै, विश्वकपको ‘वार्मअप’कारुपमा लिइएको एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । छैटौंपटक उपाधि जित्नेक्रममा भारतले पहिलोपटक फाइनलमा पुगेको बंगलादेशलाई उसकै मैदानमा ८ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ