arrow

दुई देशका नागरिकता बोक्ने : एउटा देशमा खाने, अर्को देशमा सुत्ने

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
nagalands.jpg

काठमाडौं । विश्वमा सधैं केही न केही अचम्मलाग्दा घटनाहरु घटिरहेका हुन्छन् । यस्तोमा केही विषयहरु लामो समयदेखि सामान्यरुपमा भइरहेका हुन्छन् तर यो सुन्नेलाई भने अचम्म लाग्ने गर्छ । विश्वमा यस्तै अचम्मलाग्ने किसिमको गाउँ छ । जसको बारेमा धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ ।

भारतमा एउटा यस्तो गाउँ छ, जहाँका मानिसहरुसँग भारत र म्यानमार दुवै मुलुकको नागरिकता छ । भारतको नागाल्याण्डको राजधानी कोहिमाबाट ३८० किलोमिटरको उत्तरपूर्वी क्षेत्रमा भारतको यो गाउँ रहेको छ । जहाँ मानिसहरु दुवै देशको नागरिकता बोक्छन् ।

२०११ को जनगणनाअनुसार यो गाउँमा ३७२ परिवार बस्ने गर्छन् । जहाँको जनसंख्या ५१३२ छ । यो गाउँमा कोनियक जनजातिका मानिसहरु बस्ने गर्छन् । यतिमात्र होइन यो जनजाति यहाँको १६ जनजातिमध्येको सबैभन्दा ठुलो जनजाति हो । गाउँको बीचमा भारत र म्यानमारको सीमाना रहेको छ । यो गाउँको नाम लोंगवा हो । यो गाउँको दुई भागमध्ये एक भाग भारतमा र अर्को भाग म्यानमारमा पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ