arrow

‘गरीबका छोराछोरीले पढ्न पाउने गरी ऐन आयो’

बहुमतको अहंकार प्रदर्शन भयो : अधिकारी

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
bidari.JPG

काठमाडौँ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले वर्तमान सरकारले गरीबका छोराछोरीले पनि पढ्न पाउने ऐन ल्याएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी ऐनलाई सकारात्मक रुपमा लिनसमेत आग्रह गरे।

“संसदीय प्रणालीमा जुनसुकै विधेयक पारित गर्दा वा अन्य विषयमा समेत बहुमतीय प्रणाली अवलम्बन गर्ने विषयलाई संविधानमै उल्लेख गरिएको छ भने चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित गर्दा सरकार कसरी अधिनायकवाद भयो ? सांसद विडारीले भने ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सदस्यहरुको अवरोधबीच राष्ट्रियसभाले आज ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको थियो ।


राष्ट्रियसभाका अर्का सदस्य राधेश्याम अधिकारीले प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित गरेर सरकारले बहुमतको अहंकार प्रदर्शन गरेको आरोप लगाए ।

“सरकारले एउटा सत्याग्रही(प्रा.डा गोविन्द केसी)को आवाजलाई कुल्चिएको छ र संसदीय मर्यादालाई मिचेको छ, यो विधेयक कसरी पास गरिएको छ, यसले चिकित्सा शिक्षामा हामीले कल्पना गरेभन्दा विपरीत दृष्टिकोण आउनेछ, आगामी दिनमा बूढी मरीभन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो,” सांसद अधिकारीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ