arrow

नाकावन्दि खुलेपछी सिन्धुलीमा प्रेटोल र ग्याँसको अभाव

ब्यापारीहरुको वेवास्थाका कारण सर्वसाधरण मारमा

logo
राजन परियार,
प्रकाशित २०७२ फागुन २५ मंगलबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। तराई आन्दोलन र भारतिय नाकाबन्दी खुलेको डेढ महिना हुँदा सम्म सिन्धुली जिल्लामा प्रेटोलियम पदार्थ र ग्यासको कृतिम अभाव गराइएको छ। जिल्ला स्थित ब्यापारीहरुको वेवास्थाका कारण जिल्लामा छ महिना अघिदेखिको प्रेटोलियम पदार्थ र ग्यासको अभाव अझै कायमै रहेको हो।
 
भारतिय नाकाबन्दीको समयमा दैनिक १२ हजार लिटर प्रेटोल तथा डिजल जिल्लामा ल्याउने गरीएको भएपनि नाकाबन्दी खुलेपछि भने प्रेटोलियम पदार्थ भित्रन सकेको छैन् । नाकाबन्दी कै समयमा नोवेल, सहारा लगायतका ग्याँसहरु जिल्लामा ल्यायर वितरण गरीएको भएपनि पछिल्लो डेढ महिनामा यस्तो ग्याँस भित्रन सकेको छैन्। जसका कारण जिल्लामा ग्यास र प्रेटोलको हाहाकार भएको छ। 
 
जिनतिन डिजेल वितरण गरिरहेका जिल्लाका इन्धन व्यापारीहरु भारतलेनै इन्धन कटौती गरेका कारण जिल्लाले पाउने कोटा पनि कम हुँदा समयमा ल्याउन नसकिएको बताउँछन् । तर, नाकाबन्दी जस्तो संकटका बेला समेत प्रसस्तमात्रमा ल्याइएको प्रेटोलियम पदार्थ नल्याएर भारतिय कारण देखाउनु ब्यापारीहरुबाटै कृतिम अभाव सिर्जना भएको सर्वसाधरणको गुनासो छ।
 
जिल्लाको सिमाना नजिकै बर्दीवास बजारमा कालेवजारीमा ग्याँस, डिजल तथा प्रेटोलियम पदार्थ चाहिए जती वितरण भइरहेपनि जिल्लामा आउन नसक्नु गम्भीर चलखेल हुन सक्ने स्थानीय किशोर श्रेष्ठ बताउँछन्। उनले भने, ‘जिल्लामा कालोबजारीको प्रेटोल, ग्याँस भने प्रसस्त आउँछ। तर, सुपथ मुल्यमा पम्पबाट वितरण गर्न भने किन नआएको हो। यसमा स्थानीय प्रशासन र व्यावसायि दुबैको लापरबाही छ।’
 
जिल्लाका एक नागरीक समाजका अगुवाले त जिल्लामा ल्याइएको कालोबजारीको प्रेटोलियम पदार्थ विक्री गर्न सहज बनाउने उद्देश्यलेनै ब्यापारीहरुले प्रेटोल र ग्यास नल्याएको आरोप लगाए।
 
जिल्लामा आठ महिनादेखि ग्यासको पर्खाइमा सर्वसाधरण बसेका छन्। ग्यास अभावका कारण जिल्ला सदरमुकाम माढीमा कोठा भाडामा बस्ने विद्यार्थी लगायतका सर्वसाधरणलाई खान पकाएर खान निक्कै समस्या भएको बताउँछन्। 
 
एसएलसिको तयारीका लागि जिल्ला सदरमुकाममा अध्ययन गर्दै बसेका विद्यार्थी सुरोज अधिकारीले भने, ‘ग्याँस अभावका कारण लामो समयदेखि होटलमा खाना खाँदै आएको छु। कोठमा आगो बाल्ने ठाउँ पनि छैन्। दाउरा पनि छैन्। पढ्ने भन्दा पनि खाना खाने नै चिन्ताबढी हुन थालेको छ।’ ग्यास ब्यापारीहरुले आएको ग्याँस पनि सिलिण्डर, ग्याँस चुलो सहित चर्को मुल्यमा वितरण गर्न लुकाएर राख्ने गरेका कारण नियमिति ग्राहकलाई नदिने गरेको कारण आठ महिनादेखि ग्यास नपाउने गरेको आरोप छ।
 
उता जिल्लाले पाउने कोटानै नपाएपछि ग्याँस ल्याउन नसकिएको नेपाल ग्याँसका अधिकारी विक्रेता सिकन्दर शाह बताउँछन्। हामीहरुले ग्याँस ल्याउन प्रयत्न गरेपनि भारतबाटै नआएपछि खालि सिलिण्डरनै भर्न नपाएपछि कम्पनीले ग्याँस दिन नसकेको उनको भनाई छ। उता सहारा ग्यासका विक्रेता शिबलाल चौधरीले केही दिनमै भरी सिलिण्डर ग्याँस आउने बताए।
 
प्रेटोलियम पदार्थका सम्बन्धमा भने बाबा प्रेटोल पम्पका सञ्चालक रामहरी थापाले नेपाल आयल निगमलेनै प्रेटोल नदीएका कारण जिल्लामा ल्याउन नसकेको बताए। उनले भने, ‘हामीहरुले प्रेटोलका लागि तिन सातादेखि पैसा जम्मा गरेर बसेका छौं तर डिपोले दिन सकेको छैन्। हामीले नै ल्याउन नचाहेको भने हैन्।’
 
नाकावन्दिको समयमा प्रसस्त आउने गरेको पेट्रोलियम पदार्थ र ग्यास नाकावन्दी खुलेपछी अभाव हुनुमा केहि रहस्य भएको आकलन गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ