arrow

महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
mat-gadana.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु भएको छ । महामन्त्री र कोषाध्यक्षको मतगणना दिउँसो १ बजेपछी हुने भनिएपनि एक घण्टा ढिलोगरी सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन ठाउँमा मतगणनाको व्यवस्था मिलाइएको छ । महामन्त्रीमा ३ जना र कोषाध्यक्षमा चार जना चुनावी प्रतिस्प्रर्धामा छन् ।
 
आइतबार भएको निर्वाचनमा महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट अर्जुननरसिंह केसी, रामचन्द्र पौडेलको समूहबाट सशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहबाट गगनकुमार थापाबीच चुनाव भएको थियो । कोषाध्यक्षमा तीन उम्मेद्वार समूहका र एक स्वतन्त्र छन् । कोषाध्यक्षमा देउवा समूहबाट चित्रलेखा यादव, रामचन्द्र समूहबाट सीता देवी यादव र सिटौला समूहबाट उमाकान्त चौधरी छन् । यस्तै, कृष्ण कार्की समूहबाहिरबाट चुनाव लडेका छन् । केन्द्रीय सदस्यको मत गणना भोली मात्रै हुने भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ