arrow

सभापतिमा निर्वाचित देउवालाई रामचन्द्रले दिए बधाई

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
Ram-Chandra-Paudel1.jpg.jpeg
काठमाडौ। नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनमा सभापतिमा पराजित हुन भएका रामचन्द्र पौडेलले एक बिज्ञत्ती निकालेर सभापतिमा निर्वाचित शेर बहादुर देउवालाई बदाई दिनु भएको छ। उहाँले यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको समेत बताउनु भएको छ।
 
प्रेस नोट
मिति: २०७२।११।२५
 
नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व मलाई प्राप्त भएकोमा लोकतान्त्रिक पद्धतिद्धारा नेतृत्वको चयनसहित महाधिवेशन भव्य, सभ्य र निर्विघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक हुँदैछन् । यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको छ । 
 
महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु । पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईको कार्यकालको सफलताको कामना गर्दछु । 
साथै यो महाधिवेशनमा संयमका साथ मलाई मतदान गर्नुहुने देशभरि र विश्वभरिका प्रतिनिधि साथी एवम् शुभेच्छुकहरुलाई हार्दिक आभारका साथ धन्यवाद दिन चाहन्छु । निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आह्वान गर्दै म सदैव तपाईहरुको साथमा रहनेछु । महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण साथीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 
 
रामचन्द्र पौडेल
नेपाली काँग्रेस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ