arrow

४३ वर्षमा सरोगेसीबाट आमा बनिन् एकता कपुर

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
ekta-kapoor.jpg

काठमाडौं । टेलिभिजन क्वीन नामले चिनिने चर्चित भारतीय निर्मात्री एकता कपुर सोरोगेसीको माध्यमबाट  आमा बनेकी छिन् । समाचारमा बताइएअनुसार एकताको छोराको जन्म जनवरी २७ मा भएको हो । उनको अहिलेसम्म विवाह भएको छैन र उनी अविवाहित आमा बनेकी हुन् ।

एकताका भाइ तुषार कपुर पनि ३९ वर्षको उमेरमा सन् २०१९ मा सेरोगेसीको माध्यमबाट पिता बनेका थिए । उनले आफ्नो छोराको नाम लक्ष्य राखेका छन् । आगामी जुनमा उनको छोरा तीन वर्ष पुरा हुनेछन् ।

तुषार कपुर पनि अविवाहित पिता हुन् । सन् १९७५ जुन ७ मा जन्मिएकी एकता बालाजी टेलिफिल्म्सको संयुक्त प्रबन्ध निर्देशक हुन् । उनले निकै राम्रा टेलिफिल्म निर्माण गर्दै आएकी छिन् । गत वर्ष उनको प्रोडक्सनमा बनेका फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गर्दै १ अर्ब भारुभन्दा बढी कमाइ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ