arrow

वाईफाई सिग्नलबाट अब निस्किनेछ बिजुली, विना ब्याट्रि उपकरणलाई गर्न सकिन्छ चार्ज

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
wifi-chip-china.jpg

काठमाडौं। अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ। अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ। वैज्ञानिकका अनुसार यसको सहयोगमा विना कुनै ब्याट्रि कुनै पनि उपकरणलाई चार्ज गर्न सकिन्छ। यसलाई रेक्टेना नाम दिइएको छ। यसले वाईफाई सिग्नललाई अल्टरनेटिङ करेन्ट (एसी) लाई डाइरेक्ट करेन्ट (डीसी)मा बदल्न सक्छ। 

रेक्टेनाले कसरी काम गर्छ ?
रेक्टेना उपकरणले वाईफाईमा रहेको इलेक्ट्रोम्याग्नेटिक वेभ्सलाई रेडियो फ्रिक्वेन्सी एन्टेनाको सहयोगमा एसी वेभ्सको रुपमा लिन सक्छ। यो दुई डाइमिन्सनल सेमिकन्डक्टरसँग जोडिएको छ। यो निकै लचिलो पनि रहेको छ। यसपछि वाईफाई दिने एसी वेभ्स सेमिकन्डक्टरमा जान्छ र डीसी भोल्टेजमा बदलिनेछ।

यसको प्रयोग विद्युतीय सर्किट र ब्याट्रि चार्ज पनि गर्न सकिन्छ। अनुसन्धानकर्ताका अनुसार एसी करेन्टलाई डीसीमा बदल्न रेक्टिफायर जरुरी हुन्छ। वैज्ञानिकका अनुसार यो एन्टेनालाई मोलिब्डेनम डीसल्फाइड रेक्टिफायरबाटठ बनाइन्छ। यो निकै पातलो र लचिलो हुन्छ। यसकारण यसले निकै ठूलो क्षेत्रलाई पनि कभर गर्न सक्छ ।

लागतको ३० प्रतिशत नतिजा
अनुसन्धानका अनुसार १५० माइक्रोवाटको वाईफाई सिग्नलबाट करिब ४० माइक्रोवाटको बिजुली उत्पादन हुनेछ। यति बिजुली कुनै मोबाइलको डिस्प्ले र सिलिकन चिपको लागि पर्याप्त छ। अर्थात् वाईफाई सिग्नलको लागत जति हुन्छ, त्यसको ३० प्रतिशतसम्म उत्पादन पाउन सकिन्छ। अनुसन्धानका अनुसार यसअघि जुन रेक्टिफाइर बनाइएको थियो, त्यो कम फ्रिक्वेन्सीमा काम गर्न सक्दैनथ्यो। इस वजहबाट यो रेक्टिफायर मोबाइल फोन र वाईफाई सिग्नलबाट निक्लने गिगाहर्ट्ज फ्रिक्वेन्सीलाई लिन र बदल्नको लागि पनि सक्षम थिएन। यद्यपि अहिले बनाइएको रेक्टिफायर निकै तीव्र छ। यसको माध्यमबाट १० गिगाहर्जसम्मको फ्रिक्वेन्सीलाई पनि बिजुलीमा बदल्न सक्छ। 

चिकित्सा क्षेत्रमा पनि गर्न सकिन्छ यसको प्रयोग
मेड्रिडको टेक्निकल युनिभर्सिटीका अनुसन्धानकर्ता र यो अध्ययनका सह–प्रकाशक ग्रिजेलका अनुसार यो उपकरणलाई चिकित्सा क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ। ग्रेजलका अनुसार मेडिकल उपकरणमा ब्याट्रि हुन्छ र यसका लागि यो उपकरणको प्रयोग आगामी दिनमा महत्वपूर्ण पनि हुन सक्छ। अहिले प्रयोग हुँदै आएको ब्याट्रिबाट लिथियम लिक हुनसक्ने सम्भावना हुन्छ। यद्यपि नयाँ उपकरणमा भने यस्तो सम्भवना निकै कम हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ