arrow

गणेशको यस्तो मन्दिर, जहाँ लगातार बढिरहेछ मूर्तिको आकार

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
ganesh-mandir.jpg

काठमाडौं । संसारमा धेरै मन्दिर यस्ता छन्, जहाँ विभिन्न किसिमको चमत्कार हुने गर्छ । यस्तै मन्दिर भारतको अन्ध्र प्रदेशमा पनि रहेको छ । यहाँको कनिपकम विनायक मन्दिर पनि धेरै श्रद्धालुको आस्थाको केन्द्र हो ।
 
उक्त मन्दिर निकै अनौठो पनि रहेको छ । किनकी, एक त यो विशाल मन्दिर नदीको बीचमा रहेको छ र यहाँ रहेको गणेशको मूर्तिको आकार बढ्दै गएको छ । चित्तुर जिल्लामा रहेको ११ औं शताब्दीमा बनेको यो मन्दिरलाई सन् १३३६ मा विस्तार गरिएको थियो । मन्दिर बनाउँदाको कहानी पनि निकै रोचक छ ।

मन्दिर बनाउँदाको कहानीअनुसार तीन भाइमा एउटा बोल्न नसक्ने, अर्को बहिरो र तेस्रो अन्धो थिए । उनीहरु तीनै जनाले आफ्नो जीवनयापनका लागि जमिनको एक सानो टुक्रा खरिद गरेका थिए । जमिनमा खेती गर्न उनीहरुले कुवा खन्न शुरु गरेका थिए । धेरै खनेपछि उनीहरुले एक ढुङ्गा फेला पारेका थिए । निकै सुख्खा रहेको सो स्थानमा ढुङ्गा हटाएसँगै सो ढुङ्गाबाट रगतको धारा लागेको थियो । यससँगै पूरै कुवाको पानी रातो भएको थियो । यो चमत्कारसँगै उक्त तीनजना ठीक भएका थिए ।

सो घटनापछि चमत्कार हेर्न गाउँका सबै मानिसहरु भेला भए । भेला भएका गाउँलेले सो कुवामा गणेशको मूर्ति देखेका थिए । अहिले पनि सो कुवामा पत्येक मौसम र परिस्थितिमा पानी हुने गरेको छ । उक्त मन्दिरमा गणेशको मूर्ति दिनानुदिन बढ्दै गएको बताइने गरिएको छ । यसको प्रमाण उनको पेट र घुँडा हो । एक भक्तले गणेशलाई एक कवच भेट दिएका थिए । तर, मूर्तिको आकार बढेसँगै अहिले उक्त कवच पनि लगाउन नमिल्ने भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ