arrow

मतगणना भइरहँदा काँग्रेस कार्यालय यस्तो देखियो

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
4.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि गरिएको मतदानपछि मंगलवार महामन्त्री र कोषाध्यक्षको मतगणना जथारी छ। मतगणनास्थल काँग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई अलग अलग स्थानमा दुई पदाधिकारीहरुको गतगणना भइरहेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा मतगणना भइरहँदा कार्यकर्ताहरु बाहिर उत्साहका साथ परिणामको प्रतिक्षामा रहेका छन्।
 
नेपाली कांग्रेसको जारी १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षको मत गणना जारी छ। पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा कार्यकर्ता तथा समर्थहरुको भिड बाक्लो छ। आफ्नो उम्मेदवारको पक्षमा नारावाजी भइरहेको छ। सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती रहेको छ। 
 
आइतबार भएको निर्वाचनमा शेरबहादुर देउवा समूहबाट अर्जुननरसिंह केसी, रामचन्द्र पौडेलको समूहबाट सशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहबाट गगनकुमार थापाबीच चुनाव भएको थियो। कोषाध्यक्षमा तीन उम्मेद्वार समूहका र एक स्वतन्त्र छन्। कोषाध्यक्षमा देउवा समूहबाट चित्रलेखा यादव, रामचन्द्र समूहबाट सीता देवी यादव र सिटौला समूहबाट उमाकान्त चौधरी छन्। यस्तै, कृष्ण कार्की समूहबाहिरबाट चुनाव लडेका छन्। केन्द्रीय सदस्यको मत गणना भोली मात्रै हुने निर्वाचन समितिले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ