arrow

पट्याउन सकिने ५जी स्मार्टफोन ल्याउँदै हुवावेई 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १९ शनिबार
huawei-phone.png

काठमाडौं । हुवावेईले पट्याउन सकिने ५जी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । समाचारमा बताइएअनुसार फेब्रुअरी २४ मा यो स्मार्टफोन सार्वजनिक हुने छ । 

फेब्रुअरी २५ देखि स्पेनको बार्सिलोनामा मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी)को शुरुवात हुनेछ ।  लामो समयदेखि हुवावेई आफ्नो पट्याउन मिल्ने किसिमको ५जी स्मार्टफोनको लागि काम गर्दै आएको छ । यस वर्षको अन्तिमसम्ममा यो स्मार्टफोनको बिक्री शुरु हुने अनुमान गरिएको छ । 

चिनियाँ स्मार्टफोन निर्माता हुवावेईले फेब्रुअरी २४ को लागि हुने एक कार्यक्रमको निमन्त्रणा शेयर गरेको छ । यस्तोमा यो स्मार्टफोन पट्याउन सकिने ५जी स्मार्टफोन हुनसक्ने बताइएको छ । 

यसअघि सामसुङभन्दा पहिला हुवावेईले यस किसिमको स्मार्टफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको थियो तर सामसुङले २० फेब्रुअरीमा नै उक्त स्मार्टफोन सार्वजनिक गर्नेछ । 

फिचरको कुरा गर्दा हुवावेईको ५जी फोल्डेबल स्मार्टफोनमा हाइसिलिकन किरिन ९८० एसओसी प्रोसेसर र बालाङ ५००० मोडम प्रयोग गरिनसक्छ ।  यसमा ७.२ इन्चको स्क्रिनको प्रयोग गरिनसक्ने सम्भावना छ । 

शुरुवातमा हुवावेई २४ हजारदेखि ३० हजारसम्मको उत्पादन गर्ने लक्ष्यका साथमा अघि बढिरहेको छ । यद्यपि यो स्मार्टफोन कुनकुन देशमा सार्वजनिक गरिन्छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ