arrow

कांग्रेस कोषाध्यक्षमा सीतादेवी यादव विजयी

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
Sita-devi-yadav.jpg.jpeg.jpeg
काडमाडौं । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत कोषाध्यक्षमा सितादेवी यादव विजयी भएकी छिन् । उनी चित्रलेखा यादवलाई ८ मतले पछि पार्दै विजयी भएकी हुन् । चित्रलेखा यादव देउवा समुहबाट चुनावी मैदानमा होमिएकी हुन्, भने सितादेवी यादव रामचन्द्र पौडेल समूहबाट निर्वाचन लडेकी हुन् । सिटौला समूहबाट उमाकान्त चौधरीले उम्मेद्वार रहे । कृष्ण कार्की स्वतन्त्र उम्मेद्वार थिए ।
प्राप्त मत
सीता देवी यादव : १२१७ 
चित्रलेखा यादव : १२०९ 
उमाकान्त चौधरीले :४५७ 
कृष्ण कार्कीले : ६६ 
कुल खसेको ३१४८ मत मा १९९ मत बदर
 
पार्टीको महामन्त्री र कोषाध्यक्षमा पौडेल पक्ष र सभापतिमा शेर बहादुर देउवा निर्वाचित हुँदा पार्टिभित्र सन्तुलन कायम गर्नुपर्ने दवावमा देउवा रहने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ