arrow

टि–२० विश्वकपको पहिलो खेलमा जिम्वाबे विजयी

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
T-20.jpg.jpeg
एजेन्सी । भारतमा जारी आइसीसी टि–२० विश्वकप क्रिकेटको पहिलो खेलमा जिम्वावे विजयी भएको छ । जिम्वावेलाई हङकङले १४ रनले हराएको हो । नागपुरस्थित विधर्व खेलमैदानमा भएको उद्घाटन खेलमा हङकङले टस जितेर फिल्डिङ् रोजेपछि पहिले व्याटिङ गरेको जिम्वावेले सिबन्देको ५९ रनको मद्दतमा हङकङविरुद्ध १४ रनको रोमान्चक जित निकाल्यो । एल्टोन चिम्गुनबुराले विष्फोटक व्याटिङ् गर्दै जिम्वाबेलाई २० ओबरमा ८ विकेटको क्षतिमा १ सय ५८ रनको बलियो स्थितीमा ल्याए । उनले १३ बलको सामना गर्दै अविजित ३० रन बनाए । बलिङतर्फ हङकङका तनबिर अफजल र एजिज खानले समान २–२ विकेट लिए भने नादिम एहमदले १ विकेट लिए । 
 
१ सय ५९ रनको चुनौती पछ्याउन व्याटिङमा उत्रेको हङकङ निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै केवल १ सय ४४ रन मात्र बनाउन सक्यो । ।  उसका लागि ओपनर जेमी आकिङ्गसनले ५३, तनबिर अफजलले अविजित ३१, च्यामपानले १९, बाबा ह्यातले ९ रन बनाए । हङकङलाई कम रनमा रोक्न जिम्वावेका बलर डोनाल्ड तिरिपानो, टेन्डाई चताराले समान २–२ विकेट लिए । दोस्रो खेलमा अफगानिस्तान र स्कटल्याण्ड भिड्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ