arrow

एउटै समुदायका ‘तीन’ जनामा सीता देवीको गोल

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
Sita-devi-yadav.jpg.jpeg.jpeg
काठमाडौं । एउटै समुदायका दुई उम्मेद्वारलाई पछि पार्दै सीता देवी यादव कांग्रेसको केन्द्रीय कोषाध्यक्ष भईन् । आइतबार भएको निर्वाचनमा ३ प्रतिस्पर्धीलाई पछार्ने यादव सिरहा कांग्रेसको पूर्व पार्टी सभापति हुन् । यादवले दुई कार्यकाल सिरहा जिल्ला सभापति भएर काम गरिसकेकी छिन् । सीतादेवीले एक कार्यकाल कोषाध्यक्ष खाइसकेकी निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतले पछि पार्दै विजय हासिल गरिने ।
 
नेपाली कांग्रेसको जिल्ला सभापतिको इतिहासमा पहिलो महिला नेतृका रुपमा चिनिने सीतादेवी २०५८ सालमा पार्टी विभाजन हुँदा संस्थापन पक्षबाट जिल्ला सभापति बनेकी थिइन् । काठमाडौंमा भएको १२औ महाधिवेशनमा समेत महिला जिल्ला सभापति हुने उनी मात्रै एक हुन् । अहिले सीतादेवी  सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । चित्रलेखा यादव समेत सिराहाबाट समानुपातिक सांसद छन् । कोषाध्यक्षमा एउटै समुदायका तीन उम्मेद्वार मध्ये उमाकान्त चौधरी बाराका हुन् ।  
सीतादेवी ?
२०१२ सालमा भारतको बिहारस्थित मधुवनीमा जन्मेकी सीतादेवी अंगीकृत नेपाली नागरिक हुन् । २०२७ सालमा सिराहाका चन्द्रनारायण यादवसँग बिहे गरेपछि उनी नेपाली नागरिक बनिन् । उनका दुई छोरीको विवाह भारतमै भएको छ, भने सीतादेवीका एक छोरा भारतमै बस्दछन् । २०५७ मा माओवादीले पति चन्द्रनारायणको हत्या गरेपछि सीतादेवीले राजनीतिक यात्रा आरम्भ गरिन् । चन्द्रनारायण सिरहा कांग्रेसको राजनीतिमा सक्रिय र जिविसका पूर्वसभापति समेत भइसकेका थिए । चन्द्रनारायणको हत्यापछि २०५७ साल यता सीतादेवी पार्टीको जिल्ला सभापति रहिन् । 
 
२०६३ सालमा संसद पुनःस्थापनापछि पार्टीले विधायकमा मनोनयन गरेपछि सीतादेवी संसदीय राजनीति प्रवेश गरिन् । २०६४ को संविधानसभामा हार व्यहोरेकी सीतादेवी दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाबाट क्षेत्र नं. ३ बाट विजयी भइन् । अब, उनको उचाई थप चुलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ