arrow

यस्तो आउँदैछ सामसुङको पट्याउन मिल्ने स्मार्टफोन

logo
प्रकाशित २०७५ माघ २० आइतबार
fold-samsung.jpg

काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङले ल्याउन लागेको पट्याउन मिल्ने स्मार्टफोनबारे एक भिडियो सार्वजनिक भएको छ । एक वेबसाइटमा भूलवश सो भिडियो सार्वजनिक भएको हो ।

भियतनामको एक साइटले सामसुङको ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टको लागि यो भिडियो सार्वजनिक गरेको हो । यो भिडियोमा कम्पनीको नयाा प्रविधिलाई देखाइएको थियो । जसमा ट्रान्सपेरेन्ट विन्डो डिस्प्ले, फोल्डेबल स्मार्टफोन, रोबोट, मेडिकल स्क्यानर र पावरफुल गेमिङजस्ता डिभाइसहरु सामेल थिए ।

प्रतिवेदनमा सामसुङ फोल्डेबल गेमिङ स्मार्टफोनमा पनि काम गरिरहेको हुनसक्ने बताइएको छ । अहिले सार्वजनिक भएको भिडियोमा जुन पट्याउन मिल्ने स्मार्टफोन देखाइएको छ, त्यो गत नोभेम्बरमा डेभलपर कन्फ्रेसमा सार्वजनिक गरिएको फोनको तुलनामा भने केही ठूलो देखिएको छ ।

कम्पनीको पट्याउन सकिने उक्त स्मार्टफोन ग्यालेक्सी एफ नामको साथमा आउनसक्ने अनुमान गरिएको छ । जसमा एफको अर्थ फोल्डेबल हुनेछ । यसको मूल्य १७७० डलर हुनसक्ने बताइएको छ । सामसुङका प्रमुखले यो स्मार्टफोन सन् २०१९ को पहिलो त्रैमासिक अवधिमा यो फोन विश्व बजारमा सार्वजनिक गरिने बताएका छन् । पहिलो चरणमा यो स्मार्टफोनको १० लाख थान बिक्री गरिनेछ ।

यसअघि सार्वजनिक गरिएको स्मार्टफोनको विवरणअनुसार यसमा ७.३ इन्चको प्रमुख डिस्प्ले रहनेछ, यसलाई पट्याएर ४.६ इन्चको बनाउन सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ