arrow

फोरजी-एलटिइ सेवा विस्तार गर्न सम्झौता

logo
प्रकाशित २०७५ माघ २० आइतबार
nepal-telecom-fg-lte-.jpg

काठमाडौँ ।नेपाल टेलिकमको फोरजी-एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ ।  संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।

फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(र्‍यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको हो । सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुनेछ । नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुई र्‍यान नेटवर्क तयार गरिने छ । मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा रहने विज्ञप्तिमा उल्लेख छ ।

“र्‍यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ”, विज्ञप्तिमा भनिएको छ । टेलिकमले मुलुकमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी-एलटिइ सेवा सञ्चालन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ