arrow

हनुमानले पनि गरेका थिए विवाह, यो ठाउँमा छ पत्नीसहितको मन्दिर

logo
प्रकाशित २०७५ माघ २० आइतबार
hanuman1.jpg

काठमाडौं । हनुमान एक ब्रह्मचारी हुन् भन्ने धेरैलाई थाहा छ । उनलाई बाल ब्रह्मचारी पनि भनिन्छ । यद्यपि तपाइँले कहिल्यै सोच्नु भएको छ कि हुनमानको पनि विवाह भएको थियो । हनुमानको पत्नीको साथमा एउटा मन्दिर पनि बनाइएको छ । भारतको हैदराबादबाट २२० किलोमिटरको दूरीमा हनुमानको एक मन्दिर रहेको छ । खम्मम जिल्लामा रहेको हनुमानको मन्दिर निकै प्रसिद्ध रहेको छ । यो मन्दिरमा हनुमानको साथमा उनकी पत्नी सुवर्चलाको प्रतिमा पनि राखिएको छ ।

यो क्षेत्रमा प्रचलित मान्यताअनुसार हनुमानकी पत्नीको नाम सुवर्चला हो र उनी सूर्यकी छोरी हुन् । पराशर संहिता हनुमानको विवाहको प्रसंग छ । यो मन्दिरमा दर्शन गर्ने मानिसको वैवाहिक जीवन पनि निकै सुमधुर हुने विश्वास गरिन्छ ।

पराशर संहिताकाअनुसार हनुमानले सूर्यलाई आफ्नो गुरु मानेका थिए । जसमा उनलाई ९ किसिमको विद्या सिक्नु आवश्यक रहेको थियो । जसमा ५ किसिमको ज्ञान पाएपछि एक समस्या आएको थियो । उक्त ४ विद्या विवाहितलाई मात्र दिन सकिने व्यवस्था थियो ।

हनुमानलाई सूर्यदेवले बाँकी ४ किसिमको विद्याको लागि विवाह गर्न सुझाएका थिए । हनुमानले शुरुमा त अस्वीकार गरेका थिए तर उनलाई बाँकी ४ ज्ञान पाउनु नै थियो । त्यसपछि उनले विवाहको लागि स्वीकृति दिएका थिए । योग्य कन्याको खोज सूर्यकी छोरीमा गएर समाप्त भएको थियो ।

सूर्यले सुवर्चला तपस्वी र तेजस्वी पनि भएकोले उसको तेज हनुमानले मात्र सहन गर्नसक्ने बताएका थिए । सूर्यले विवाहपछि पनि सधैं बाल ब्रह्मचारी नै रहने पनि बाटो सुझाएका थिए । विवाहपछि सुवर्चला पुनः ध्यानमा लीन हुने भएकोले हनुमानलाई आफ्नो ब्रह्मचर्य तोड्नुपर्ने कारण नै निस्किएन ।

त्यसैअनुसार हनुमानको विवाह भयो र सुवर्चला पनि विवाहपछि तपस्यामा लीन भइन् । यसरी हनुमान विवाहपछि पनि बाल ब्रह्मचारी रहे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ