arrow

९३ प्रदेश सांसद समक्ष सन्देश पुर्‍याउन धनकुटामा सद्भावना र्‍याली

logo
प्रकाशित २०७५ माघ २० आइतबार
photo_rajdhani.png

धनकुटा । प्रदेश नम्वर १ का ९३ जना प्रदेश सांसदहरुलाई धनकुटा राजधाी बन्न उपयुक्त भएको सन्देश  पुर्‍याउन र धनकुटको पक्षमा निर्णय गरीदिन अनुरोध गर्दै आइतबार प्रदेश सभाको हिउदे अधिवेशन विराटनगरमा शुरु भएको दिन धनकुटामा सद्भावना र्‍याली आयोजना गरेको छ ।

   प्रदेश नम्वर १ का सम्पूर्ण प्रदेश सांसदहरुलाई धनकुटामा प्रदेश राजधानी बनाउन सवै किसिमले उपयूक्त रहेकोले प्रदेश राजधानीको लागी धनकुटाको पक्षमा अभिमत जारी गरी  निर्णय गरी दिन अनुरोध गर्दै धनकुटको मदनचौकबाट शुरु भएको सद्भावना र्‍यालीले धनकुटन बजारको विभिन्न भागहरुको परिक्रममा गर्दे पुन मदन चौकमा आई सद्भावना सभामा परिण भएको थियो ।

राजधानी निर्माण अभियान परिचानल समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको सद्भावना सभामा घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष तथा नेपाल प्रेस युनियन का केन्द्रिय उपाध्यक्ष अभियान्त विजय सन्तोषी राई,धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष मन कुमारी (तारा) तुतिङ्ग,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,अभियान्त सुजनभाई जोशी लगायतले धनकुटालाई राजधानी निर्णय नगरेमा सिङ्गो १ नम्वर प्रदेशलाईनै ठूलो अन्याय हुने भएकाले सवै किसिमले  धनकुटा प्रदेश नम्वर १ को राजधानी बन्न उपयुक्त रहेकाले   १ नम्वर प्रदेशका सम्पूर्ण  सांसदहरुले  धनकुटको पक्षमा मत जाहेर गरिदिन हुन आग्रह गरे।

धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन अव विभन्नि किसिमको अभियानहरुका साथ कार्यक्रम संचालन गरिने अभियान परिचालन समितिका संयोजक सुन्दर बाबु श्रेष्ठले वताए। प्रदेश नम्वर १ का सम्पूर्ण सदस्यहरुलाई धनकुटा राजधानी बन्न सवै किसिमले  उपयुक्त रहेकोले धनकुटाको पक्षमा अभिमत जाहेर गरीदिन हुन अनुरोध गर्दै अनुरोध पत्र पठाउने र सहयोग गर्न अनुरोध गर्ने र सम्पूर्ण १ नम्वर प्रदेशका सवै जिल्लाहरुमा अभियान संचालन गर्ने अभियान्त विजय सन्तोषी राई वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ