arrow

प्रेमी खोज्दै नन्दिता मलेसियामा

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
nandita.jpg.jpeg
मलेसिया। वर्षै देखी माया गरेको प्रेमी वाध्यताले घर फर्किन पाएको छैन। यस्तो अवस्थामा आफ्नो प्रेमी विना वस्न कुन प्रेमीको मन वस्न सक्ला र घरदेशमा? नायिका नन्दिता केसीमा पनि त्यहि वाध्यता आइपुग्यो अनि उनी पनि मलेसियामा हराएको प्रेमी खोज्न यतै आइपुगिन। आफ्नो प्रेमी राघव आचार्यलाइ भेटे पछि नन्दिता पनि मख्ख परिन। आफ्नी मायालुलाइ भेटेका राघव पनि चुप वस्न सकेनन र त्यहि मेसोमा ‘तिमीले नै भन्थ्यौ तिम्रो नयन राम्रो’भन्दै आफ्नी प्रेमीकाको वर्णन गर्न थाले। 
 
प्रेमील जोडी मलेसियाको मेरुवाट क्वान्तानको सामुन्द्रिक तटसम्म घुम्न पुगे। आफ्नो प्रेमी साथमै भए पछि नन्दिता पनि खुसी थिइन। यो दृश्यलाइ कैद गर्दै थिए निर्देशक शिव विक। शिवकै निर्देशनमा वन्न लागेको प्रमोद खरेलको गितको म्युजिक भिडीयोको दृश्य हो यो। 
 
मलेसियाको मेरु क्वान्तान र पुत्रजया लगायतका स्थानमा छायाकन गरिएको सो म्युजिक भिडीयो मार्फतनै मोडल राघव पर्दामा उत्रिदैछन्। राघवले डेव्युमै नेपालकी चर्चित नायिकाको साथ पाएकोप्रति निर्देशक शिवले भने ‘राघवमा धेरै सम्भावना छ।’ 
 
मलेसियामा म्युजिक भिडीयो वनाउन आएका शिवले छनौट गरेका मोडल हुन राघव। कैलालीका राघव मलेसियामा नै कार्यरत रहेका छन्। डेव्यु म्युजिक भिडीयोमा राम्रो काम गरेका वताउने राघवले यहि भिडीयोलाई सम्भावनाका रुपमा लिएका छन्। 
 
नयाँ कलाकार भए पनि काम गर्न सजिलो भएको निर्देशक विकले जानकारी दिए। म्युजिक भिडीयोमा निक्कै मेहनत गरेको आचार्य वताउछन्। फोर एस मिडीयाको निर्माणमा वनेको सो म्युजिक भिडीयो को निर्माण व्यावस्थापन भने जयराम तिम्सिनाले गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ