arrow

भेनेजुयलासम्बन्धी सत्तारुढ पार्टीको विज्ञप्ति अपरिपक्व : काङ्ग्रेस

logo
प्रकाशित २०७५ माघ २० आइतबार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ।

काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारको उक्त कार्यप्रति आपत्ति प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

काङ्ग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा लामो समयदेखि नियमित आर्थिक सहयोग पुर्‍याउँदै आएको पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याइरहेको जनाएको छ।

बैठकले तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश र वर्तमान सरकारले प्रा डा गोविन्द केसीसँग सम्झौता गरेबमोजिम त्यससम्बन्धी विधेयक सच्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ