arrow

ट्वीटरमा आउँदैछ एडिट गर्ने फिचर 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २० आइतबार
twitter.png

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा अब गल्ती सुधार्ने मौका मिल्ने भएको छ । ट्वीटरले प्रयोगकर्ताको लागि एडिट गर्न सकिने फिचर्स ल्याउने तयारी गरेको हो । 

यद्यपि अहिले अघि सारिएको योजनापछि पनि पहिलो ट्वीट के थियो र त्यसलाई पुनरवलोकन गरिएको इतिहास पनि दोस्रो व्यक्तिले देख्न सक्नेछन् । शनिबार ट्वीटरका सीईओ ज्याक डोर्सेले ट्वीट सेन्ड गर्दा ५ देखि ३० सेकेण्डसम्म ढिला गर्ने फिचर्स ल्याउन गइरहेको र सो समयमा प्रयोगकर्ताले एडिट गर्नसक्ने बताए । 

ट्वीटरमा अहिलेसम्म यस किसिमको फिचर्स नहुनुको कारणबारे उनले यो प्लेटफर्म म्यासेजको लागि फरम्याटमा निर्माण गरिएको बताए ।  यदि कसैलाई म्यासेज पठाउँदा त्यसलाई तत्काल फिर्ता लिन सकिँदैन । त्यसैगरी ट्वीटरमा पठाइएको सन्देश पनि एडिट गर्न मिल्दैन । 

प्रयोगकर्ताको सुझावअनुसार सन् २०१६ को डिसेम्बरमा यो योजना अघि सारेकाके थियो । यद्यपि अहिलेसम्म सो फिचर्स आउन सकेको छैन । ट्वीटरका सीईओले ट्वीटरमा सुधारको लागि सुझावको लागि राय माग्दा मानिसहरुले एडिटको लागि धेरै अनुरोध गरेका थिए । 

अर्को सामाजिक सञ्जाल फेसबुकमा भने यो फिचर्स रहेको छ । जसअनुसार लेखेको केही कुरा गल्ती भए त्यसलाई सच्याउन सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ