arrow

पहिलोपटक घट्यो स्मार्टफोनको व्यापार 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २० आइतबार
smartphones2.png

काठमाडौं । विश्वमा पहिलोपटक स्मार्टफोनको व्यापार घटेको छ । काउन्टर रिसर्चको आँकडाअनुसार सन् २०१८ मा पहिलोपटक स्मार्टफोनको व्यापार घटेको हो । 

सन् २०१८ मासबै मुलुकमा गरी समग्रमा १ अर्ब ४९ करोड थान स्मार्टफोन बिक्री भएका थिए । सन् २०१७ मा यो  आँकडा १ अर्ब ५५ करोड थियो । २०१८ को अन्तिम तीन महिनामा स्मार्टफोनको बिक्री ७ प्रतिशतले घटेको थियो । यसैगरी लगातार पाँचौं त्रैमासमा स्मार्टफोनको बिक्रीमा कमी आएको हो । 

सामसुङ पहिलो नम्बरमा 

विश्वभर बिक्री भएका स्मार्टफोनमा १९ प्रतिशत बजार हिस्साको साथमा सामसुङ पहिलो स्थानमा छ । एप्पल र हुवावेईको बजार हिस्सा समान १४ प्रतिशत रहेको छ । साओमी ८ प्रतिशतको साथमा चौथो स्थानमा छ । 

अमेरिका, चीन र पश्चिमी युरोपजस्ता विकसित बजारमा पुनः प्रयोगको सीमा बढेसँगै स्माटैफोनको व्यापार घटेको हो । अर्थात् मानिसहरु धेरै लामो समयसम्म स्मार्टफोनको प्रयोग गरिरहेका छन् । 

सामसुङको नाफा ३१ प्रतिशत घट्यो 

दक्षिण कोरियन कम्पनी सामसुङको नाफा अघिल्लो वर्षको अन्तिम तीन महिनामा ३१ प्रतिशतले घटेको छ । कम्पनीका उत्पादनको मागमा आएको कमीसँगै नाफा पनि घटेको हो । 

उक्त अवधिको नाफा ७ अर्ब ६० करोड डलरमा झरेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१  प्रतिशत कम हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ