arrow

मनै लोभ्याउने यी प्रकृतिपरक कला

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
51535121_331444937476104_5503178649047662592_n.jpg

काठमाडौं। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गरेका छन्। दि आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा पुसको तेस्रो हप्तामा पर्सा राष्ट्रिय निकुञ्जमा कला शिविर आयोजना गरेको थियो। 

सोही क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएको हो। सो क्रममा तयार भएका १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृत समेत गरिएको छ। कार्यक्रममा कुलपति कर्माचार्यले उत्कृष्ट छनोट भएकी कलाकार सविता डंगोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरे। कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा.प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रशंसा गरे। प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई कलाकारले चित्रकलामा उतारको छन्।

प्रदर्शनीमा रागिनी उपाध्याय, शुदर्शन विक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डंगोल, संगीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी बर्ग र भिल्मा लोट्टा पेन्टिलकैनेनका चित्रकला राखिएका छन् ।

कार्यक्रममा प्राज्ञ रमेश खनाल, बुद्धि गुरुङ, पूर्व कुलपति रागिनी उपाध्यायको उपस्थिति रहेको थियो । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ