arrow

बर्षेनी २६ हजार नयाँ क्यान्सर रोगी पहिचान, महिला बढी

विश्व क्यान्सर दिवस : पुरुषमा फोक्सोको क्यान्सर र महिलामा पाठेघर मुखको क्यान्सर

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
1d3199a7-a5da-49c0-930f-8514dc44d1f0.jpg

काठमाडौं। आज विश्व क्यान्सर दिवस ‘म सक्छु, म गर्छु’ भन्ने मूल नाराका साथ यो दिवस मनाईंदैछ। क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिएको छ। क्यान्सर रोगको उपचार र रोकथाममा सक्रिय बिभिन्न अस्पताल तथा संघसंस्थाले विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ मनाउने गरेका छन्।

विभिन्न अध्ययनहरुले दिनप्रतिदिन क्यान्सर रोगी बढ्दै गएको देखाएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र श्रेष्ठका अनुसार  नेपालमा क्यान्सर रोगका कारण वर्षे्नि १९ हजारको मृत्यु भइरहेको छ भने वार्षिक २६  हजार नयाँ बिरामी थपिने गरेका छन् । त्यसमध्ये १५ हजार भन्दा बढी महिला र १० हजार भन्दा बढी पुरुषहरु हुने गरेको अध्ययनले देखाएको छ।

पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र  महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुन्छ भने त्यसपछि स्तन क्यान्सर हुने गरेको छ। सन २०२० सम्ममा क्यान्सर बाट हुने मृत्युमा  कमी ल्याउनका लागि यसबारे जनचेतना जगाउने गरिन्छ। क्यान्सरका बिरामी बर्षेनि बढ्ने क्रममा यसको संख्या गएको ५ बर्षका अबधिमा दोब्बर भएको छ। भक्तपुर क्यान्सर अस्पतालका अनुसार सन २०१२ देखि सन २०१७ सम्मको अध्ययनका क्रममा क्यान्सरका बिरामी दोब्बर भएको छ।

अस्पतालमा सन २०१२ मा २८ हजार क्यान्सरका बिरामी उपचाररत रहेकोमा २०१७ मा ६८ हजार पुगेका  छन्। नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको क्यान्सर रोग विशेषज्ञहरुले जानकारी दिएका छन्।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अनुसार फोक्सोको क्यान्सर १३, पाठेघरको मुखको क्यान्सर १० प्रतिशत, स्तन क्यान्सर सात प्रतिशत, आमाशयको क्यान्सर छ प्रतिशत रहेको छ। महिलालाई १८ प्रतिशत पाठेघर, १५ प्रतिशत स्तनको क्यान्सर हुने गरेको छ। क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाटीको क्यान्सरका बिरामी बढ्दै गरेको देखिएको छ।

अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व हो भने समयमै उपचार नगराउँदा पनि क्यान्सरबाट मृत्यु हुने क्रम बढेको छ। नेपालमा पुरुषभन्दा महिलालाई क्यान्सर रोग बढी देखापर्ने गरेको चितवनको भरतपुर क्यान्सर अस्पतालले गरेको अध्ययनले देखाएको छ।
क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हुदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले क्यान्सर दिवस मनाउन थालिएको हो।

क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकको भनाई छ। खानपानमा ध्यान पुर्‍याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

क्यान्सरबाट बच्न तारेको ,भुटेको खानेकुरा , आगोमा पोलेको खानेकुरा संगै केमिकलयुक्त तरकारी फलफुल बाट टाढा रहनुपर्छ। साथै धु्रम्रपान लगायतका सुर्तिजन्य पर्दाथको सेवनले फोक्सो तथा मुखको क्यान्सर अत्यधिक बढेकाले यसबाट टाढा रहनु जरुरी छ। 

नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन्। विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ। विकासशिल देशमा करीब ७० प्रतिशतको मृत्यु क्यान्सरका कारण हुने गरेको तथ्यांक छ। सुरुकै चरणमा अस्पताल पुगे ७० देखि ८० प्रतिशत सम्म क्यान्सर निदान गर्न सकिने वीर अस्पतालका क्यान्सर बिभाग प्रमुख डा बिबेक आचार्य बताउछन्।

स्वस्थ्य जीवनशैली अपनाउन सके र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत क्यान्सरको जोखिम कम हुन सक्छ। सन्तुलित खाना र सक्रिय जीवनशैलीले ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिने उनको भनाई छ।

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ। १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ। बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन्। विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि “ह्यूमन प्यापीलोमा“ भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ।

केही क्यान्सरहरु भने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन्।

सुर्तिजन्य पदार्थको सेवन नगर्ने , शरीरको तौल सन्तुलनमा राख्ने, मदिरा र प्याकेटका खानेकुरा कम खाने, बिषादीरहित फलफूल अनि तरकारी प्रशस्त खाने बानी गरेर साथै प्रत्यक्ष घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ