arrow

कांग्रेस केन्द्रीय सदस्यको मतगणना सुरु, खुलातर्फ २५ सिटका लागि ९० जना प्रतिस्पर्धामा

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
cong-new.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुको मत गणना सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज खुला केन्द्री सदस्यहरुको मत गणना भइरहेको हो । खुला सदस्य २५ सिटका लागि ९० जना चुनावी प्रतिस्प्रर्धामा छन् । कुल ३१ सय ६१ मतदाता मध्ये ३१ सय ४८ जनाले मताधिकार प्रयोग गरेका थिए ।
 
खुला केन्द्रीय सदस्यको मत गणना एकै ठाउँमा गर्नु पर्ने भएका कारण मत गणनामा ढिलाई भएको बताइएको छ । विहान ११ बजे देखि हुने भनिएको मत गणना प्राविधिक कठिनाईका कारण १२ बजेपछि मात्रै प्रारम्भ भएको हो । मत मिलाउने काम भइरहेपनि परिणाम आउन थालिसकेको छैन ।
 
एउटै मतपत्रमा रहेका ९० जना उम्मेद्वारबाट २५ जना छान्नु पर्ने भएकाले पूर्ण मतपरिणाम आउन अबेर हुने निर्वाचन समितिले जनाएको छ । आचारसंहिता अनुसार केन्द्रीय सदस्यका उम्मेद्वारहरुलाई समेत राख्नु पर्ने भएकाले एउटै हलमा मिलाउन समय लागेको बताइएको छ । आचारसंहिता अनुसार केन्द्रीय सदस्यका उम्मेद्वार र निर्वाचन अधिकारीहरु मत गणनामा बस्नु पर्नेछ । 
 
यसअघि, भएको मतगणनामा सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भइसकेका छन् । सभापतिमा पुनः निर्वाचन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ