arrow

नेपाली प्रजातन्त्रको जननी मधेसलाई मनाउँछु : महामन्त्री सशांक

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
sasank-new-pc.jpg.jpeg
काठमाडौं । नवनिर्वाचित कांग्रेस महामन्त्री एवं वीपी पुत्र डा.सशांक कोइरालाले मधेसको समस्या समाधान पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । महामन्त्री निर्वाचित भएपछि वुधबार विज्ञप्ती जारी गर्दै कोइरालाले नेपाली प्रजातन्त्रको जननी मधेसमा रहेको असन्तुष्टी मेटाउनु अहिलेको पहिलो आवश्यकता भन्दै आपसी समझ्दारीबाट समस्या सुल्झाउने प्रण गरेका छन् । मधेसी नेताहरुले कांग्रेसले माया नगरेको भन्दै कांग्रेसको १३औं महाधिवेशन बहिस्कार गरेका थिए । 
 
यसअघि, पार्टीको कार्यकारी कुनै भूमिकामा नरहेका कोइराला सभापति पछिको शक्तिशाली एवं कार्यकारी पद महामन्त्री निर्वाचित भएसंगै विभिन्न अड्कलवाजी हुन थालेका छन् । यद्यपि, सशांकले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्टि छ । सहमति, सहकार्य, समझदारी र आपसी विश्वासको मेलमिलापबाट समस्याको समाधान गर्न नेपाली कांग्रेस कृत संकल्पित छ ।’ कोइरालाले आफुलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधी र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 
 
यो अप्रत्याशित सफलता सुशील कोइरालाको आकस्मिक निधनबाट पुगेको क्षतिको सामना, संविधान कार्यान्वयन र नवनिर्वाचित पार्टी सभापतिसंग मिलेर अघि बढ्न प्रतिबद्ध छु– महामन्त्री कोइरालाले भनेका छन् । १३औं महाधिवेशन भव्यताका साथ समम्पन्न भएको र पार्टीको भावि चुनौतीको सामना गर्न सबैले गरेको सहयोग उर्जा बन्ने महामन्त्री कोइरालाको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ