arrow

रंगेलीमा वीर शहीद नकआउट क्रिकेट

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन २६ बुधबार
Cricket.jpg.jpeg
रंगेली । मोरंङको रंगेलीमा जागरुक युवाले वीर शहीद नकआउट टि–२० क्रिकेट टुर्नामेन्टको संचालन गरेको छ । मंगलबारको  उद्घाटन खेलमा टकुवा क्रिकेट क्लवलाई ६० रनको फराकिलो अन्तरले हराउदै रंगेली स्पोर्टिङ क्लव रंगेलीले विजयी सुरुवात गरेको छ  । टस जितेर व्याटिङ् रोजेको रंगेलीले निर्धारित १२ ओभर खेलाइएको खेलमा ३ विकेट गुमाउँदै १ सय ६४ रनको बलियो योगफल तयार पारेको थियो । रंगेलीका लागी ओपनर सिकेन्दर पटेल र शेखर मण्डलले विष्फोटक व्याटिङ गरे । 
 
सिकन्दरले ३५ बलमा ६४ र शेखर मण्डलले ३८ बलमा व्यक्तिगत ८७ रन बनाए । यी दुईले १ सय ५९ रनको साझेदारी गरे । अन्तिम १२ औं ओभर बलिङ गरेका टकुवाका सुजन बस्नेतले ३ विकेट लिदा रंगेलीले ३ विकेट गुमाउदै १ सय ६४ रन बनाउन सफल भयो । 
 
यस्तै, १ सय ६५ रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङ् गरेको टकुवाले ११ दशमलव ३ बलमा अलआउट हुनु पूर्व १ सय ४ रन मात्रै बनाउन सक्यो । टकुवाका लागि अमित ठाकुरले ४० तथा सुजन बस्नेत र रामकुमार राजवंशीले समान १०–१० रनको योगदान गरे । अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । 
 
खेलको म्यान अफ द म्याच रंगेलीका शेखर मण्डल भए । अर्को खेल शुक्रवार हुने टुर्नामेन्ट आयोजक समिति अध्यक्ष मनोज सर्माले बताए । टुर्नामेन्टमा मोरङ्ग, सुनसरी, झापा र भारतका १६ टिमको सहभागिता छ । टुर्नामेन्टको विजेताले १ लाख ११ हजार र उपविजेताले ५१ हजार रुपैंया पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ