arrow

जम्दै रोनाल्डो, रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
ronldo,,,,-pic.jpg.jpeg
 एजेन्सी । स्पेनिश क्लव रियाल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति अन्तिम आठका लागि भएको प्रि–क्वार्टरफाइनल दोस्रो लेगको खेलमा इटालियन क्लब एएस रोमालाई २–० ले हरायो । यसअघि  भएको पहिलो लेगको खेलमा समेत २–० ले विजयी भएको रियालले समग्रमा ४–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । रियाललाई जिताउन मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डाले ६४औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । यस्तै, रोनाल्डोले गोल गरेको ४ मिनेटपछी जेम्स रोड्रिग्वेजले एक गोल गर्दै जित सुनिश्चित गरे । 
 
उता, बेल्जियमको गेन्टलाई हराउँदै जर्मन क्लब उल्फवर्ग समेत क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १–० ले जितेसंगै उल्फवर्ग समग्रमा ४–२ ले विजयी भयो । यस्तै, च्याम्पियन्स लिग फुटबलमा वुधबार राति समेत दुई खेल हुँदै छन् । रुसी क्लव जेनिथ सेन्ट पिटर्सवर्ग र पोर्चुगिज क्लब बेनीफिका र इङ्गलिश क्लब चेल्सी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन आमने सामने हुँदैछन् ।
Substitute Lucas Vazquez attempted a series of stepovers before delivering for Cristiano Ronaldo to finish with ease against the Italians
 
Cristiano Ronaldo fires in an effort at goal during the first-half as the Portuguese star looked to add to his tally of goals so far this season
 
Cristiano Ronaldo started the game at centre-forward with Gareth Bale wide left and James Rodriguez wide right at the Santiago Bernabeu
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ