arrow

प्रतिष्ठानमाथि छानबिन गर्न दाङका सांसदहरुको माग

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
samsad6.JPG

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादको विषयलाई छानबिन गर्न दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका छन् । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई ज्ञापन पत्र बुझाउँदै सांसदहरुले कर्मचारी र प्रतिष्ठान नेतृत्वको विवादका कारणबारे छानबिन गरेका हुन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद शान्ता चौधरी, रेखा शर्मा, सुजिता शाक्य, मेटमणि चौधरी, हिराचन्द्र केसी, गंगा चौधरी, विष्णु शर्मा र राष्ट्रिय सभा सदस्य कोमल वलीले ज्ञापन पत्र बुझाउँदै संसदिय समिति बनाएर छानबिन गरी समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

दाङबासीको सपनाका रुपमा रहेको प्रतिष्ठान धरासायी बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सांसदहरुले कर्मचारीहरुले साउन महिनादेखि तलव भत्ता नपाउनु, जागिरबाट निष्काशन हुनुको घटना दुखद् रहेको बताएका छन् ।
 
सस्तो र भरपर्दो सेवा उपलब्ध गराउनुपर्ने भन्दै सांसदहरुले बुझाएको ज्ञापन पत्रमा प्रतिष्ठानले सेवाग्राहीको ढाड सेक्ने गरी महंगो शुल्क लिने गरेको जानकारी आएकाले उक्त कार्यलाई रोक्न माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ