arrow

ओलिभर जिरु र थियो वाल्कोटको जादुले आर्सन क्वार्टरफाइलनमा

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
Hull-City-v-Arsenal-FA-Cup-replay.jpg.jpeg
एजेन्सी । ओलिभर जिरु र थियो वाल्कोटको सशक्त प्रदर्शनले आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । आर्सनलले हल सिटीलाई उसैको घरेलु मैदानमा ४–० ले हराउँदै क्वार्टरफाइलनमा स्थान सुरक्षित गरेको हो । मंगलबार राति भएको पाँचौ चरणको रि प्ले म्याचमा आर्सनलका लागि जिरु र  वाल्कोटले समान दुई–दुई गोल गर्दै टोलीलाई शानदार जित दिलाए । जिरुले ४१ र ७२औ र वाल्कोटले ७७ र ८९औं मिनेटमा गोल गरे ।
 
यसअघि, आर्सनलको मैदानमा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएपछि हल सिटीको मैदानमा रि प्ले भएको हो । यो विजयसंगै आर्सनलले प्रिमियरसिप प्रतिद्वन्द्वी वाट्फोर्ड विरुद्धको क्वार्टरफाइनल भिडन्त पक्का गरेको छ । इङ्गलिश प्रिमियर लिगमा भने आर्सनल तेस्रो स्थानमा थन्किएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ