arrow

आमिर र आलियामाथि खनिइन् कंगना

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
kangana_ranaut_.jpg

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ अहिले प्रदर्शनको क्रममा छ र यसले राम्रो सफलता पनि पाइरहेको छ । सो चलचित्रले पछिल्लो १० दिनमा ७६ करोड ६५ लाख भारतीय रुपयाको व्यापार गरेको छ ।

यसैबीच कंगना एक अन्तर्वार्ताको क्रममा आलिया भट्ट र आमिर खानमाथि खनिएकी छिन् । उनले आलिया र आमिरले आफूलाई सहयोग नगरेको आरोप लगाएकी छिन् । उनले यी दुई स्टारहरु 'डबल स्ट्याण्डर्ड' वाला भएको बताएकी छिन् ।

कंगनाले आफूविरुद्ध समग्र बलिउड लागेको आरोप लगाइन् । कंगनाका अनुसार उनले आलियालाई आफ्नो धेरै ट्रेलरहरु पठाएकी थिइन् तर उनले त्यसको जवाफ पनि दिइनन् । त्यसपछि कंगनालाई पनि आलियाले फिल्मको ट्रेलर पठाउँदै यसलाई हेर्नुस् भन्ने आग्रह गरेकी थिइन् । उनको आग्रह स्वीकार गर्दै कंगना आलियाले बोलाएको स्थानमा पुग्दा आलियाले उनलाई खासै वास्ता नै गरिनन् ।

आमिर खानले पनि आफ्नो फिल्म हेर्नलाई कंगनालाई फोन गरेर बोलाएका थिए । तर, उनको फिल्म हेर्न जाँदा उनलाई सधैं वेवास्ता नै गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ