- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जोसमा होस गुमाउन हुन्न भने भनाइ छ । जोसमा होस गुमाउँदा श्रीलंका घुम्न आएको एक जोडी बदनाम हुन पुगेका छन् । यो मामिला रक्सीको नशाम रहेको एक जोडीको फैसलाको हो । एक बेलायती जोडी हनिमूनका लागि श्रीलंका घुम्न आएका थिए । रक्सीको सुरमा रहेका उनीहरुले श्रीलंकाको एक होटल नै खरिद गरेका थिए ।
मिररको रिपोर्टसअनुसार हनिमून मनाउन श्रीलंका आएका बेलायती जोडी एक होटलमा बसेका थिए । धेरै रक्सी पिएका उनीहरुले बसेको होटल नै खरिदको योजना बनाएका थिए । उनीहरुलाई जुन होटलमा बसेको छ, त्यो होटलको लिज केही समयमा नै सकिँदैछ भन्ने थाहा भएसँगै होटल लिजम लिने निर्णय गरेका थिए । जसका लागि उनीहरुले व्यावसायिक योजना पनि बनाएका थिए ।
उनीहरुले होटल मालिकलाई बदलामा ३० हजार पाउण्डको अफर गरेका थिए र मालिकले पनि स्वीकार गरेका थिए । जसमा पहिलो वर्षको लागि १५ हजार पाउण्ड र दोस्रो वर्षको लागि १५ हजार पाउण्ड दिने सम्झौता भएको थियो ।
उक्त जोडीका अनुसार पछि बेलायत पुगेपछि घरपरिवारका सबै सदस्यले उक्त होटल खरिद गर्नु मूर्खता रहेको बताएका थिए । यद्यपि उनीहरुले आफ्नो निर्णय भने बदलेनन् । आधिकारिक रुपबाट उनीहरु गत जुलाईबाट उक्त होटलको मालिका बनेका छन् ।