arrow

उत्तर कोरियाका नेता र फिलिपिनी राष्ट्रपति होटलमा भेटिएपछि

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
kim-duक.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोंग उन र फिलिपिनी राष्ट्रपति रोड्रिगो दुतेर्ते एकसाथ भेटिँदा पक्कै पनि यो विश्वकै लागि ठुलो समाचार बन्नेछ । हङकङमा यस्तै संयोग जुरेको छ । यी दुई नेताको नक्कल गरेका मानिसले सँगै भेट गरेका छन् । उनीहरुसँग फोटो खिचाउन मानिसहरुले भीड लागेको थियो ।

आइतबार उनीहरु हङकङमा भेटिएका हुन् । उनीहरुले कपडा पनि किम जोंग र दुतेर्तेको जस्तै लगाएका थिए । उनीहरुले सँगै एक रेष्टुरेन्टमा फ्राइड चिकेन खाएका थिए ।

जम्मा भएको भीडले उनीहरुसँग निकै मनोरञ्जन पनि गरेका थिए । हावामा नक्कली बन्दुक पनि देखाइएको थियो । एक महिलाले त अचम्म मान्दै दुतेर्तेको नक्कल गरिरहेका क्रिसेन्सियो एक्सट्रिमलाई तपाइँ साँच्चै रोड्रिगो दुतेर्ते हो भनी प्रश्न गरेकी थिइन् ।

किमको नक्कल गरेका होवार्ड एक्स राजनीतिक व्यंगकार हुन् । उनले किम जोनको जस्तो कपालका लागि धेरै मिहिनेत गर्नुपरेको बताए ।

होवार्डले अष्ट्रेलियामा आफ्नो अध्ययन पूरा गरेका थिए । उनलाई कोरियन भाषा भने आउँदैन । सामाजिक सञ्जालमा उनले सिंगापुरका मानिससँग सोधेका थिए – को वास्तवमै देखिने तानाशाह हो, तपाइँको प्रधानमन्त्री कि म ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ