arrow

वातावरण संरक्षण विधेयक २०७५ सचिवालयमा दर्ता

logo
सुनिल आउजी,
प्रकाशित २०७५ माघ २२ मंगलबार
pradesh-7-meeting.JPG

धनगढी। सुदूरपश्चिमप्रदेश सरकारले मंगलबार प्रदेश सभा सचिवालयमा प्रदेश वातावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता गरेको छ । गत शुक्रबार सुशासन सम्बन्धीअर्को विधेयक समेत सचिवालयमादर्ता भएको छ । प्रदेश सभामा दुई विधेयक दर्ता भएसंगै बिजनेस बढ्दै गएको छ ।

प्रदेश सरकारले छिट्टै अन्य विधेयक पनि दर्ता गर्ने प्रक्रियामा रहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश सभालाई बिजनेस नदिएको विषयमाआन्तरिक मामिला तथा कानूनमन्त्री शाह र कानून शाखाका प्रमुखलाई बोलाएर प्रदेश सभाको विधायनतथा प्रदेश मामिला समितिले केही दिन अघि प्रष्टिकरण लिएको थियो ।

त्यस्तै प्रदेश सभाको अर्थ विकास तथाप्राकृतिक स्रोत समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई बोलाएर सैद्धान्तिक सहमति लिएका विधेयक बन्न नसक्नुको कारणबारे प्रष्टिकरण लिएको थियो । प्रदेश सभामा छलफलका लागि पर्याप्त विधेयकहरु नरहेकै कारण तेस्रो अधिबेशनमा बैठकहरु लामो समय सम्म स्थगित हुने गरेका छन् ।

पहिलो बैठक माघ ४ गते बसेपछि दोस्रो बैठक माघ ११ र तेस्रो बैठक माघ १८ गते बसेको थियो । सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको अर्को बैठक भोलीबिहीबार (माघ २४ गते) बस्ने गरी गतशुक्रबार बैठक स्थगित गरेका थिए ।  माघ ११ गतेको बैठकमा पेश भएको प्रदेश सभा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ