arrow

विवेकशील नेपालीको प्रदेश ५ मा २१ सदस्यीय समिति चयन

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
pradesh-5-bibekshel.jpg

काठमाडौं ।  विवेकशील नेपाली दलले प्रदेश ५ मा २१ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।  दलका सदस्य तथा शुभचिन्तकहरूको एक भेलाले ऐतिहासिक रूपमा प्रत्यक्ष तथा सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै प्रदेश समिति सर्वसम्मतिले चयन गरेको हो ।

दाङको लमहीमा प्रदेश ५ का विभिन्न जिल्लाका सदस्यहरू उपस्थित भई दाङ जिल्लाका शिव प्रसाद थापा (सत्यम्)को नेतृत्वमा उक्त समिति गठन गरिएको हो । समितिका उप-संयोजक,  कोष संयोजक तथा महासचिवमा क्रमशः  विनोद लामिछाने, माया बुढाथोकी तथा विष्णुराज रेग्मी चयन भएका छन् ।

निर्माण सम्बन्धी सामग्रीका व्यवसायी, विपद् व्यबस्थापन विशेषज्ञ साथै मनोसामाजिक परामर्शदाता समेत रहेका नवनिर्वाचित संयोजक  थापाले उक्त भेलालाई सम्बोधन गर्दै भने, "तपाईंहरू सबैले म तथा यस समितिलाई गर्नुभएको विश्वासप्रति  आभार व्यक्त गर्दछौं । हामीलाई चुनौती र अवसर दुवै प्राप्त भएको छ । हामी सबैले मिलेर नै आगामी दिनको यात्रा तय गर्नेछौं ।"

समसामयिक राजनीति तथा नयाँ पार्टीको गठनको सम्बन्धमा उक्त भेलामा उठेका प्रश्नहरूको जवाफ दलका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले दिएका थिए ।

गत आइतवार प्रदेश ३ को प्रादेशिक समिति चयन भएको थियो र यसै हप्ताभित्र नै अन्य प्रदेशमा पनि प्रादेशिक समितिको गठन गरिने लक्ष्य राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ