arrow

नि:शुल्क स्मार्टफोन चाहनुहुन्छ ? यो चुनौती पूरा गर्नुहोस् 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २२ मंगलबार
OnePlus-6T-release-price.jpg

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी  वानप्लसले आफ्ना प्रयोगकर्तालाई एक नयाँ चुनौती पेश गरेको छ । यो चुनौती पूरा गर्नेलाई कम्पनीले आफ्नो वानप्लस स्मार्टफोन निःशुल्क दिनेछ । सुन्दा निकै सहज लाग्ने यो काम वास्तवमा भने निकै कठिन छ । 

वानप्लसको स्मार्टफोन निःशुल्क पाउन प्रयोगकर्ताले अक्सिजन अपरेटिङ सिस्टमको डिजाइन गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले विस्तृतरुपमा यो फिचर्सको बारेमा पनि बुझाउनुपर्ने हुन्छ । साथै सोधिएका केही महत्वपूर्ण प्रश्नको जवाफ पनि दिनुपर्ने हुन्छ । 

यसबाट कम्पनीलाई प्रयोगकर्ताले दिएको योजना महत्वपूर्ण साबित हुनसक्छ भन्ने विश्वास दिलाउनुपर्ने हुन्छ । साथै योजना प्रयोगकर्तालाई केही नयाँ अनुभव दिन सक्ने किसिमको हुनुपर्छ । 

यतिमात्र होइन, जुन फिचरको डिजाइन तयार गरिएको छ, त्यसले स्मार्टफोनमा कसरी काम गर्छ भनेर पनि देखाउनुपर्ने हुन्छ । सबै प्रयोगकर्ताले पठाएको डिजाइनबाट कम्पनीले केहीलाई छनोट गर्नेछ । यी भाग्यशाली प्रयोगकर्ताले मात्र वानप्लसको इभेन्टको हिस्सा बन्ने मौका पाउनेछन् । 

यो इभेन्टमा नै छनोट गरिएका फिचर्सहरु सार्वजनिक गरिन्छन् । जसको योजना छनोट भयो, उसलाई कम्पनीको सार्वजनिक हुन लागेको स्मार्टफोन निःशुल्क प्रदान गरिनेछ । महत्वपूर्ण पक्ष विजेतालाई प्रदान गरिने उक्त फोनमा उनले आफैंले गरेको डिजाइन पनि समावेश गरिनेछ । 

यो योजनामा सहभागी हुन कम्पनीका प्रयोगकर्ताले २२ फेब्रुअरीभन्दा पहिला आवश्यक कागजात पेश गर्नुपर्नेछ । यसको शीर्षकमा ह्यासट्याग पीएमच्यालेन्ज लेख्नु जरुरी हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ